0

निजगढसमाचार, निजगढ

बाराको अम्लेखगञ्ज–५ मा यसै साताबाट हात्ती गाउँ रिसोर्ट संचालनमा आएको छ । पर्सा वन्यजन्तु आरक्षलाई केन्द्रित गरेर पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट संचालनमा आएको हो ।
सिमरामा होटल न्यू सगुन संचालन गर्दै आएका होटल ब्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले रिसोर्ट संचालनमा ल्याएका हुन् । हात्ती सफारीमा आउने पर्यटकलाई अम्लेखगञ्जमा नै बास बसाउने उद्देश्यले रिसोर्ट संचालनमा ल्याएको होटल ब्यवसायि संघ २ नं. प्रदेश संयोजक समेत रहेका ब्यवसायि शर्माले जानकारी दिए ।
पछिल्लो समय आरक्ष सहित बाराका पर्यटन पूर्वाधारलाई आधार बनाएर पर्यटन ब्यवसायतर्फ यहाँका ब्यवसायि क्रियाशिल भएका छन् ।

Post a Comment

 
Top