0

निजगढसमाचार, निजगढ

निजगढस्थित बागदेव दुग्ध उत्पादक सहकारी सस्था लि. को आयोजना मा सहकारीमा आवद्ध कृषकलाई कृषि प्रशिक्षण दिईएको छ ।
सहकारीले कान्तिपुर भेट् डिस्टिब्यूटर्सको प्रायोजन तथा बिश्वास एग्रोभेट निजगढको सह–प्रायोजनमा एक दिने कृषक प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
सहकारीले पहिलो चरणमा समुहमा आवद्ध ८० जना कृषकलाई प्रशिक्षण दिएको हो ।
आगामी दिनमा समेत कार्यक्रम संचालन गरेर सहकारीमा आवद्ध सबै कृषकलाई प्रशिक्षण दिने योजना रहेको निजगढस्थित बागदेव दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । कान्तिपुर भेट् डिस्टिब्यूटर्सले कृषकलाई पशुका लागि लेबटोनी र भिटामिन लगायतका औषधि समेत वितरण गरिएको थियो । त्यस्तै बिश्वास एग्रोभेट निजगढले प्रशिक्षणमा सहभागि कृषकलाई करिब ११ हजार मूल्य बराबरको जुका र नाम्लेको औषधि वितरण गर्ने भएको एग्रोभेटका संचालक गोविन्द न्यौपानेले जानकारी दिए । त्यस्तै पशु सेवा कार्यालय निजगढले पशुको गोबर परीक्षण गरिदिने भएको छ । कृषकहरुलाई पशु सेवा कार्यालय निजगढका प्रमुख युगलकिशोर सिंह र कान्तीपुरका ईन्द्रमणी साहुले प्रशिक्षण दिएका थिए ।

Post a Comment

 
Top