0

निजगढसमाचार, निजगढ

बाराको निजगढ–१० लालस्थित पल्युल साम्तेन्लि गुम्बामा सोमबार भारतको सिक्किमका धर्म गुरु (पाल्युल टुल्कु) ल्हाटुल रिन्पोछेसंग आर्शिवाद थाप्नेको लर्को लागेको छ ।
रिन्पोछे पहिलो पटक लाल आउनु भएको हो । उहा
संग दर्शन (छेवाङ) दिर्घायस्को अभिषेक ग्रहण गर्न बारा सहित रौतहट, सलार्ही, महोत्तर देखि बौद्धिष्ट समुदाय लाल पुगेका थिए ।
लामा पाठशाला संचालन गर्दै आएको गुम्बामा रिन्पोछे पुगेपछि उत्साह थपिएको गुम्बा प्रमुख रामबहादुर लामाले बताउनुभ भयो । विहान १० बजेदेखि सुरु भएको अभिषेक ग्रहण कार्यक्रम साँझसम्म चलेको थियो । त्यहाँ पुगेकालाई स्थानीय घरअगाडी घडा राखेर स्वागत गरेका थिए ।

Post a Comment

 
Top