0

निजगढसमाचार, निजगढ

निजगढका दुई वटा सामुदायिक वनमा चारकोल बनाउन सुरु गरिएको छ ।
वन क्षेत्रको झाडी सफाई गर्दा निस्कने बुट्ट्यान तथा घासपातलाई पोलेर तयार गरिने चारकोल (कोईला) बनाउन सुरु गरिएको हो ।
कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रको प्राविधिक सहयोगमा निजगढ–५ स्थित श्री जनजागृती शुन्दर सामुदायिक वन समुह र निजगढ–९ स्थित आदर्श सदाबाहार सामुदायिक वन समुहमा चारकोल बनाउन थालिएको हो ।
त्यस्तै निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समुहमा पनि एक साता भित्र चारकोल बनाउन सुरु गर्ने योजना छ ।
यसैविच  निजगढ–५ स्थित श्री जनजागृती शुन्दर सामुदायिक वन समुहले आयोजना गरेको चारकोल उद्घाटन कार्यक्रममा जिल्ला वन कार्यालय बाराका जिल्ला वन अधिकृत भैरब प्रसाद घिमिरे र सामुदायिक वन उपभोक्ता महासंघका बारा अध्यक्ष रामजी प्रसाद बजगाईले संयुक्त रुपमा च्यारिङ्ग ड्रमको रिबन काटेर शनिबार एक कार्यक्रमका विच गरेका छन् । 
कार्यक्रममा कुशलका प्रशिक्षक दिपनारायण रायले चारकोल तयारीबारे जानकारी गराएका थिए । त्यस्तै कुशलका प्रवन्ध निर्देशक सरोज कोईरालाले गत आर्थिक वर्षदेखि रतनपुरबाट कार्यक्रम थालिएको बताउँदै वन सम्बद्ध कार्यालयले नबुझ्दा सास्ती भोग्नु परेको सुनाए । उनले ४२ वटा च्यारिङ्ग ड्रमबाट ६३ महिला आवद्ध भई ९ लाख ५० हजार बढी आम्दानी लिन सफल भएको जानकारी दिए ।
कार्यक्रममा वन समुहका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहायक वन अधिकृत विन्देश्वर पटेल, तामागढी सेक्टर प्रमुख देवेन्द्र महत्तो, वन कार्यालयका धर्मेन्द्र साह, रेन्जर कपीलदेव प्रसाद यादब, साहयक वन रक्षक हरिप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत समुहका गरिबी निवारण कोष संयोजक टंक बहादुर बस्नेत र संचालन समुहका ब्यवस्थापन होमनाथ बन्जराले गरेका थिए । 

Post a Comment

 
Top