0

निजगढसमाचार, निजगढ

बाराको निजगढ नगरपालिकास्थित मोहोरी आन्तरिक पर्यटकको नयाँ गन्तब्य बनेको छ । अहिले पिकनिक खाने सिजन भएकाले शनिबार त प्याम्प्याक नै हुन्छ ।
विहीबार भने संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले दलबल सहित मोहरी पुगे । सुरक्षाकर्मीको घेरमा उनी त्यहाँ पिकनिक खान भने गएका होईन् ।
पूर्व भूमीसुधार राज्यमन्त्री ज्वाला साह, पूर्व सांसद जयराम दाहाल, नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल सहितका नेताहरु मोहोरी पुगेका थिए । टोलीमा निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेल समेत सहभागि थिए ।
मन्त्रीसहित उनीहरु त्यहाँस्थित बकैया खोलाबाट विद्युत उत्पादन सम्भाब्यता बारे अवलोकन गर्न पुगेका हुन् ।
यस अघि एक महिना अघि मात्र उर्जा राज्य मन्त्री सत्यनाराण भगत प्राविधिक टोली सहित त्यहाँ पुगेका थिए ।
मोहोरी पुगेका राज्यमन्त्री जुगेबुले निजगढको पर्यटकिय स्थल मोहोरी, त्यहाँबाट सुरु भएको सिचाई आयोजनाको पनि अवलोकन गरेका थिए । उनले जलविद्युत र पर्यटनलाई विकास गरेर निजगढको कायापलट गर्न सकिने विचार ब्यक्त गरेका थिए । 
त्यसपछि उनी हिरालाल पार्कको अवलोकनका लागि पुगेको     थियो । राज्यमन्त्री जुगेबुले निजगढ नगरपालिकाको भवन निर्माण स्थल पुगेर त्यसबारे जानकारी लिएका थिए ।
त्यस अघि उनी निजगढ–१० लालस्थित पल्यूल साम्तेलिङ्ग गुम्बा पुगेका थिए । पर्यटन र लामा शिक्षा संगसंगै अघि बढाएको भन्दै लामाहरुलाई धन्यवाद दिएका उनले आफुले सक्ने सहयोग गर्ने बाचा समेत दिए । उनलाई लामा गुरु रामबहादुर लामाले गुम्बाको विषयमा जानकारी गराएका थिए । त्यसपछि उनी जनयुद्धका शहीदहरुको स्मृतीमा निर्माणाधिन शहीद पार्कमा पुगेका थिए । शहीद पार्क बनाएर त्यसलाई ब्यवस्थापन गर्न निकै चुनौती भएको बताउँदै त्यसलाई सफल पार्न सबै लाग्नु पर्ने धारणा राखे । यस अघि उनी अम्लेखगञ्जमा स्थानीयको समस्याबारेमा ज्ञापन पत्र बुझ्न त्यहाँ पुगेका थिए । उनी त्यहाँबाट डम्बरपुर हुदँै निजगढ आउन क्रममा निजगढ नगरपालिकाले प्रस्ताव गरेको ल्याण्डफिल्ड साईडको पनि निरीक्षण गरेका थिए । शुक्रबार विहान कोल्बी जाने क्रममा बकैयास्थित धर्मशालाको निरीक्षण गरेका थिए ।
काठमाण्डौंबाट सिमरा विमानस्थलमा विहान पहिलो फ्याईटमा ओर्लिएका उनले त्यहाँ सञ्चारकर्मीहरुसंग  भेटघाट गरे ।       त्यहाँ उनले गढीमाई नगरपालिकाबाट छुट्याएर सहजनाथ नगरपालिका बनाउन गरिएको प्रस्तावप्रति असहमति जनाउँदै डुमरवाना, मनहर्वा, भोडाहा, फत्तेपुर र हरैयाका स्थानीयले बुझाएको ज्ञापनपत्र बुझे । अहिले प्रस्ताव गरिएको नगरपालिका मान्य नभएको भन्दै स्थानीयले साबिक गढीमाई नगरपालिकामैं यथावत राख्नुपर्ने बताएका छन् । ज्ञापनपत्र बुझाउँदै स्थानीय राजु अधिकारीले साबिकको नगरपालिकामा यथावत राख्न नसके डुमरवाना, मनहर्वा र फत्तेपुर गाविसलाई समेटेर हलखोरिया नगरपालिका घोषणा गर्न माग गरे । उनले हलखोरिया नगरपालिका घोषणा हुन नसके अमलेखगंज, पिपरा सिमरा, डुमरवाना र फत्तेपुर गाविसलाई मिलाएर चुरियामाई नगरपालिका घोषणा गर्न सकिने विकल्पसमेत ज्ञापनपत्रमा आपूmहरूले उल्लेख गरेको बताएका छन् । ज्ञापनपत्र बुभ्mदै राज्यमन्त्री जगेबुले यस विषयमा आपूmले अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने बताए ।
    यसैगरी, कार्यक्रममा गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले नगर क्षेत्रको पूर्वाधार निर्माणका लागि आवश्यक रकमको माग गरेका छन् । नगर क्षेत्रलाई विकास गर्न पूर्वाधार आवश्यक रहेको भन्दै बेलवासेले मन्त्रालयले बजेट उलपब्ध गराउन सके नमूना नगर बनाउन सकिने बताए । 
    यसैगरी सिमरास्थित नेपाल अपाङ्ग सेवा संघको नवनिर्मित अधूरो भवनको अवलोकन गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका मध्यमाञ्चल अध्यक्ष गङ्गाप्रसाद वाग्ले र अपाङ्ग सेवा संघ बाराका कार्यवाहक अध्यक्ष धनप्रसाद बजगाईंले स्थायी अपाङ्गता भएका व्यक्तिले भोगिरहेका समस्याको बारेमा राज्यमन्त्री जगेबुलाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।
दलहरुसंग अन्र्तकृया
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले निजगढका विभिन्न राजनैतिक दलका नेता र ब्यवसायिसंग अन्र्तकृया गरेका थिए । निजगढ नगरपालिकाको आह्वानमा नगरपालिकाको सभाहमा साँझ भएको कार्यक्रममा राज्यमन्त्री जबेगुलाई यहाँका समस्याका बारेमा जानकारी गराईएको थियो ।
कसले के भने
सुरेश कुमार खनाल, अध्यक्ष 
निजगढ नगर बिकास समिति
–निजगढलाई औधोगिक क्षेत्र निर्माणका लागि पहल गर्न, निजगढ–सडक निर्माण र फोहोरमैला ब्यवस्थापन
महेशी कुमर, सभापति
नेपाली कांग्रेस निजगढ ईकाई
–निजगढ समग्र विकासमा ध्यान दिन आग्रह
बिदुरलाल श्रेष्ठ, सचिव, 
नेकपा एमाले निजगढ नगर 
–पर्यटन विकासमा आवश्यक सहयोग
बेनी बहादुर मोक्तान, संयोजक
नेकपा माओवादी केन्द्र निजगढ
–निजगढको विकासलाई प्राथमिकता दिन आग्रह
–निजगढमा अन्र्तराष्ट्रिय स्तरको खेलमैदान
खड्गप्रसाद उप्रेति, नेता, राप्रपा
–सिगौंलको खानेपानी समस्या समाधान गर्न आग्रह
सावित्री भारती, नेतृ, राप्रपा
–महिलाको आयस्तर उकास्ने कार्यक्रम 
एकै दिन दुई वटा नगर परिषद् उद्घाटन
–आर्यघाट ब्यवस्थित गर्न
–बकैया छेउको धर्मशालालाई ब्यवस्थित गर्न 
टेकबहादुर लामा, अध्यक्ष, 
बारा उद्योग वाणिज्य संघ निजगढ
–बारामा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थ र तराई–काठमाण्डौं द््रूत मार्ग निर्माण चाँडो गर्न ध्यानाकषर्ण
कार्यक्रमको सहजिकरण गर्दै नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले निर्माणाधिन नगरपालिका भवनको लागि बजेट थप गर्न आग्रह गरे । त्यस्तै फोहोरमैला ब्यवस्थापका लागि प्रस्तावित ल्याण्डफिल्ड साईटको र सडक सौयबत्तिको विषयमा मन्त्री जबेगुलाई जानकारी गराएका थिए ।
सहभागिको कुरा सुनेपछि राज्यमन्त्री जबेगुले बिनियोजित बजेट चाँडो खर्च गरेमा भवन निर्माण र सडक सार्य बत्तीका लागि थप बजेट दिन सकिने भन्दै भवन चाँडै पुरा हुने विश्वास ब्यक्त गरेका थिए । राज्यमन्त्री जबेगुले फोहोर मैला ब्यवस्थापनका लागि सरकारले एक्सन प्लान बनाईरहेको जानकारी दिदै आवश्यक सहयोग गर्ने बताए ।
निजगढमा पर्यटन र जलविद्युतको संभावना रहेको भन्दै त्यसको विकास लागि पहल गर्ने  बताए । उनले यसबाट नै निजगढ आत्मनिर्भर हुने विश्वास ब्यक्त गरे ।
राज्यमन्त्री जबेगुले नगरको विकास लागि राजनीतिक दलहरुले अनुकुल वातावरण तयार गर्न भुमिका खेल्नु पर्ने बताए । 






Post a Comment

 
Top