0

निजगढसमाचार, निजगढ

स्थानिय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले बाराको कोल्बी र कलैया नगरपालिकाको एकै दिन नगर परिषद् उद्घाटन गरेका छन् ।
कोल्बी नगरपालिकाको तेस्रो नगरपरिषद् उद्घाटन गर्दै हुलाकी सडकको काम चाँडै सुरु. हुने बताएका छन् । कोल्बीलाई माछाको सुपरजाने घोषणा गराउन समेत पहल लिने बताए ।
उद्घाटन समारोहमा बारा क्षेत्र नं. ५ का सांसद बलबिर चौधरी शुभकामना ब्यक्त गर्दै स्थानीय समस्याबारे जानकारी गराएका  थिए ।
कोल्बी नगरपालिकाको तेस्रो नगरपरिषद्मामा बाराका प्रमुअ जिल्ला अधिकारी बिजय नारायण मानन्धर, स्थानीय विकास अधिकारी भरत ढुंगाना, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तपेश्वर चौधरी, वडा नागरिक वडा मञ्चका सयोजक गोबिन्द पौडेल, रबिन्द्र पनोहरले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा पूर्व भूमीसुधार राज्य मन्त्री ज्वाला साह, सासंद दिलमाया धामी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा राज्यमन्त्री जबेगुलाइ बारा उद्योग वाणिज्य संघ कोल्बी शाखाका महेश साहले स्थानीय ब्यवसायिको समस्याका विषयमा ज्ञापन बुझाएका छन् ।
नगरपरिषद्मा कार्यकारी अधिकृत महमद शेरे मुस्तकले आ.ब. ०७४/०७५ कोे नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका थिए ।
प्रस्तुत कार्यक्रममा कोल्बीलाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक पर्यटनको विकास गर्ने र त्यसका लागि होमस्टे को ब्यवस्था गर्ने, चालु आ.ब. भित्र कोल्बीलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने, तीन किलोमिटर कालोपत्रे, पाँच  सय मिटर पक्की सडक र ८ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने प्रस्ताब गरिएको छ ।
त्यस्तै नगर सडक गुरुयोजना लागु गर्ने, यातायात गूरु योजना र बसपार्कका लागि यसै वर्ष जग्गा प्राप्त गरि निर्माण सुरु गर्ने, सिचाईको उचित प्रवन्ध र साझेदारीमा मर्मत संभार गर्ने नीति लिईएको छ ।
योजना छनौंट गर्दा ठुला योजना छनौंट गर्ने, त्यस्तै फोहोर मैला ब्यवस्थापन केन्द्र,  निजी क्षेत्रको साझेदारीमा फोहोर संकलन गर्ने,, चैत्र महिनाको दोस्रो हप्ता सरसफाई सप्ताह घोषणा गरि सफा सहर कार्यक्रम संचालन गर्ने, छाडा पशु नियन्त्रणका लागि काञ्र्जी हाउस संचालनका लागि पहल गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै डुबान, कटान तथा भु–क्षय नियन्त्रणका लागि कार्यक्रम संचालन गर्ने र चालु आ.ब. भित्र दमकल खरिद गरि संचालन गर्ने नीति कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । त्यस्तै साक्षरता बृद्धि गर्ने, नगर खेलकुद विकास समितिमार्फत खेलकुद विकास गर्ने, थारु संस्कृति प्रवद्र्धनमा विशेष पहल गर्ने, पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासमा गर्ने, २४ सै घण्टा प्रसुती सेवा संचालन गर्ने, बहुसरोकारवाला पोषण योजना कार्यान्वय गर्न पहल गर्ने, नगर स्तरिय शहरी स्वास्थ्य क्लिनिक वा योगा केन्द्र संचालनका लागि आवश्यक पहल गर्ने, रेबिज खोप र सर्पद्धन्सको उपचार कोल्बीमा हुने सुविधा दिन सम्बन्धित निकायमा पहल गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 
   त्यस्तै सडकको दुबैतर्फ बृक्षारोपण गर्ने, वातावरण मैत्री पार्क निर्माण गर्ने, ब्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्ने, पशु बधशाला, तरकारी तथा फलफूलको थोक केन्द्र स्थापना गर्ने, एक वडा एक उत्पादनको नीति लिईने, ब्यवस्थित बस्ती विकासका लागि आर्थिक सहयोग गर्ने, समग्र नगर विकास योजना कार्यान्वयन गर्र्ने, करको दायरा बढाउने, करदाता परिचय पत्र जारी गर्ने उल्लेख छ ।
त्यस्तै लक्षित वर्गको विकासका लागि नगर महिला समन्वय समिति, दलित वर्ग उत्थान समन्वय समिति, आदिवासी जनजाती समन्वय समिति, अपाङ्ग समन्वय समिति जस्ता नगर स्तरिय समन्वय समिति तथा सञ्जालहरुको गठन गर्ने कार्यक्रम तय गप्रस्ताव गरिएको छ । नगरपरिषद्मा कार्यकारी अधिकृत महमद शेरे मुस्तकले चालु आ.ब. ०७३/०७४ मा आन्तरिक र बाह्य स्रोत गरि रु. ८ करोड ६ लाख ५३ हजार एक सय ४७ आय प्रस्ताव गरिएको छ । त्यस्तै आ.ब. ०७३/०७४ मा  संसोधित आन्तरिक र बाह्य आय गरि कुल १० करोड ५८ लाख ६३ हजार ९ सय अनुमान गरिएको छ । त्यसैगरि आ.ब. ०७४/०७५ को लागि आय तर्फ ४७ लाख १६ हजार ४ सय ४७ र बाह्य तर्फ रु. १० करोड २२ लाख ६५ हजार गरि कुल १० करोड ६९ लाख ८१ हजार ४ सय ४७ प्रस्ताव गरेका छन् ।   

Post a Comment

 
Top