0

निजगढसमाचार, निजगढ


प्रथम पिपरा गोल्डकप २०७३ नकाउट फुटबल प्रतियोगिता माघ ६ देखी सुरु हुने भएको छ । बाराको प्रसौनास्थित पिपराको पंचकछिया खेल मैदानमा संचालन हुने प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ । 
सृजनशिल युवा क्लबले पिपरा आयोजक रहेको प्रतियोगिता बारे शनिवार पत्रकार सम्मलेनको आयोजना गरिएको थियो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ । पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा चितवनको भरतपुर फुटबल क्लब, हेटौडाको मकवानपुर ११, बिरगञ्जको बिरगञ्ज युथ क्लब, लाहानको हिम कस्तुरी क्लब सहभागि हुने छ । त्यस्तै धनुषाको मणि मण्डप, सर्लाहीको लालबन्दी स्पोर्टस् क्लब, रौतहटको चन्द्रनिगाहपुर ११, सिमराको एन जे जे वाई सि, काठमाण्डौंको एक क्लब र आयोजक क्लबले प्रतियोगिता खेल्ने छ । आयोजक क्लबका अध्यक्ष मोतीलाल चौधरीका अनुसार प्रतियोगितामा सहभागी हुने टिममा केही परिवर्तन हुनसक्ने जानकारी दिए । ‘अहिले सम्भावित नाम सार्वजनिक गरेका छौ, यसमा केही हेरफेर हुनसक्नेछ ।’ उनले भने ।
प्रतियोगिताका लागि करिब ३० लाख खर्च हुने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख एकाउन्न र दोश्रो पुरस्कार राशी पचास हजार एकाउन्न लगाएत बिभिन्न बिधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

Post a Comment

 
Top