0
निजगढसमाचार, निजगढ, १५ पुस  ।
नेकपा माओवादी केन्द्र निजगढ वडा नम्बर ६ को प्रथम एकता अधिवेशन सम्पन्न भएको छ । स्थानीय धियाल टोलमा भएको माओवादी नेता–कार्यकर्ताको एकता भेलाले गोपाल सापकोटा ईन्चार्ज रहने गरि सर्वसम्मत गणेश पोखरेलको अध्यक्षतामा ३१ सदस्यि वडा कमिटि गठन भएको हो ।
  नव गठित कमिटिको उपाध्यक्षमा डोल्मा वाईवा, कोषाध्यक्षमा उर्मिला सुनुवार, सचिवमा धनमाया लामा, सहसचिवमा शम्भु गौतम सर्वसम्मत निर्वाचित भएको निर्वाचन प्रमुख चुणामणी चौलागाईले बताए ।       त्यस्तै कमिटिको सदस्यमा अम्बिका सिग्देल, राममाया राई, देवकुमारी गौतम, निशा घलान, गोपाल थापा क्षेत्री, राजन बजगाई, हरिमाया जिम्बा, नरबहादुर राई छन् । त्यसैगरि रुकु आर्चाय, विष्णुमाया लामा, बिमाया तामाङ्ग, तारानाथ रिमाल, रजनी अधिकारी, राजकुमार राई, दुर्गा बहादुर राउत, केशब बहादुर घलान, मनकुमारी थिङ्ग, गंगा तामाङ्ग, जेशुन मोक्तान, प्रेममाया सापकोटा, टिका प्रसाद ढुङ्गेल, निर्मला रुम्बा र देवेन्द्र न्यौपाने सदस्य छन् ।
त्यस्तै भेलाले सल्लाहकार समितिको संयोजकमा काजीलाल श्रेष्ठ, सदस्यमा जगद्नाथ अधिकारी, धनप्रसाद बजगाई चयन भएका छन् । 
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन
भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निजगढ–६ नं. वडा कमिटी गठन गरेको छ । सलिना तामासलिना तामाङ्गको संयोजकत्वमा निशा घलान, अम्बिका सिग्देल, डोल्मा वाईवा, रुकु आर्चाय, विष्णु माया लामा, देवकुमारी गौतम, रजनी अधिकारी, उर्मिला सुनार सदस्य रहने गरि कमिटी गठन भएको हो । त्यस्तै भेलाले वाईसीएल वडा नंं ६ कमिटि समेत गठन गरेको छ । धर्मप्रसाद बजगाई संयोजक रहने गरि उज्वल न्यौपाने, राजकुमार राई लगायत सदस्य छन् ।
यस अघि भेलाको नेकपा माओवादी केन्दका पोलिटब्यूरो सदस्य एवं पूर्व सभासद् जयराम दाहालले मैनबत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई राखेपका पूर्व सदस्य सचिव युवराज लामा, नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य अरुणा विक, रविराज दंगाल, नेकपा माओवादी केन्द निजगढ नगर स्तरिय तदर्थ समितिका संयोजक बेनीबहादुर मोक्तानले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत धनमाया लामा र संचालन महेश्वर अधिकारीले गरेका थिए । 

Post a Comment

 
Top