0

निजगढसमाचार, निजगढ, २ पौष ।


निजगढस्थित गौरीशंकर क्याम्पसको १० औं वार्षिक साधारण सभा आज नेकपा माओवादी केन्द्र र राप्रपा पार्टीले बहिष्कार गरेका छ । पत्र नपठाई कायक्रम सुरु हुनु केहि घण्टा अघि मात्र फोन गरेर बोलाएको भन्दै माओवादी केन्द्र निजगढ नगर कमिटिले कार्यक्रममा नगई बहिस्कार गरेको हो । ‘हाम्रो पार्टीलाई आधिकारिक रुपमा कुनै पत्र आएको थिएन,’ पार्टी नगर संयोजक बेनीबहादुर मोक्तानले भने–‘क्याक्पस ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर जीले ११ बजे तिर मात्र आउन आग्रह गर्नु भयो ।’ 
त्यस्तै राप्रपा पार्टीले कार्यक्रम स्थलबाटै बहिस्कार गरेर हिडेको छ । पार्टीको अपमान गरेको भन्दै कार्यक्रम बहिस्कार गरेको राप्रपाका प्रतिनिधि कार्यक्रम बहिस्कार गरेर हिडेका हुन् । ‘हाम्रो पार्टीलाई अपमान गर्ने उद्देश्यले ‘प्रोटोकल’ मिचेर आसन ग्रहण गराईयो,’ राप्रपाका नेता खड्ग प्रसाद उप्रेतीले भने–अपमान सहेर हामी बसेनौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका ईकाई सभापति महेशी कुमर भने फोन गरेकै भरमा पुगेका थिए । हामीलाई पत्र थिएन्, अध्यक्ष ज्यूले गल्ती भयो भन्दै निकै कर गरेपछि पार्टीका साथीहरुसंग सल्लाह गरेर गएको हुँ, सभापति कुमरले भने । त्यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका नगर अध्यक्ष पनि फोन गरेपछि कार्यक्रममा पुगेका थिए । उनलाई पनि पत्र पुगेको थिएन् ।
क्याम्पस ब्यवस्थापनको पत्र नेकपा माले लगायतका दलहरुले पनि नपाएको बताएका छन् । यस बारेमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठलाई पटक–पटक फोन गर्दा फोन रिसिभ गरेनन् ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं. ६ का सासंद एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथि थिए ।




Post a Comment

 
Top