0
निजगढसमाचार, सिमरा, २६ मंसिर ।

प्रदिप गौतम/ बाराको सिमरास्थित औराहमा निमार्ण हुन लागेको सेजको निमार्ण कार्यलाई लिएर स्थानियबासि र सेजसमबद्ध समितिबिचको बिबाद बढ्दै गएको छ ।
        गढिमाई नगरपालिका वडा नम्बर १४ स्थित डाडाटोलबाट ब्लक बि र सिको निमार्ण कार्य शुरु गरेको सेज निमार्ण सहयोग समिति र स्थानियबासि बिचको बिबाद बढ्दै गएको हो । सेजको निमार्ण कार्यलाई गति दिन गत बर्ष देखि नै काम थाल्ने समितिको योजना थियो । तर स्थानियबासिले बि र सिको ब्लक निमार्ण कार्यको बिरोध गरेपछि काम अघि बढ्न सकेको थिएन् ।
        अहिले पनि स्थानियबासिले बि र सिको निमार्ण कार्य जबरजस्ति अघि बढाईएको भन्दै त्यसप्रति आक्रोस व्यक्त गरेका छन् । स्थानियबासिले आफुहरm बिकास बिरोधि नभएको भन्दै गास, बास र कपासको उचित व्यवस्था समबन्धित निकायले नगरेसम्म ब्लकको निमार्ण कार्य अघि बढ्न नदिने चेतावनी दिएका छन् । ब्लक बि र सिको निमार्ण कार्यलाई अघि बढाउन केहि दिन अघि मात्रै डाडाटोलमा ब्लक निमार्ण कार्यको उद्घाटन गरिएको थियो ।




Post a Comment

 
Top