0
निजगढसमाचार, सिमरा, २६ मंसिर 
नेपाली कांग्रेसकी नेतृ एवंम् सासंद मधु  शाही ठकुरीले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।
मध्य नेपालकै पृथक आवाज रेडियो समपर्ण ९८.२ ले आज बाराको डुमरवानामा आयोजना गरेको लैङ्गिक हिसां बिरुद्ध सामाजिक प्रतिबद्धता बिषयक रेडियो कचहरि कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाहीले समान्ताको समाज निमार्ण गर्न सबै लाग्नु पर्ने भन्दै हिसां न्युनिकरण गर्न स्वयंम महिला अग्रस रहुन जरुरी रहेको धारणा राख्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेतृ नारायणी रायमाझि निरmले महिलाहरुमा चेतनाको स्तर बृद्धिगर्नुपर्ने बताउनुभयो । घर शान्तिनै बिश्व शान्तिको आधार भएकोभन्दै हिसां न्युनिकरणगर्न आफुले महत्वपुर्ण भुमिका निवार्हगर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर २ का संयोजक गंगाप्रसाद वाग्लेले दाईजोप्रथा अन्त्य गर्न सबै एकहुनुपर्ने बताउनुभयो । उहाले त्यो कामको थालनी आफुबाटै शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
       कार्यक्रममा बोल्दै डुमरवाना कलेजका प्रमुख राधेश्याम सिवाकोटिले सबै समुदायलाई उच्च स्थानमा नपु¥याएसम्म हिसां न्युनिकरण हुन नसक्ने बताउनुभयो । समृद्ध समाज निमार्ण गर्न महिलाहरु अग्रसर हुनुपर्ने बेलाआएको उहाले बताउनुभयो ।
   कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार बिदुर खड्का, महिला नेतृहरु गिता कडेल, लक्ष्मि नेपाली, शोभा कार्की, राधादेवी साह, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोबिन्द कार्की, डुमरवाना कलेजका सहायक कलेज प्रमुख किशोर शर्मा, नेपाल बिद्यार्थि संघकी केन्द्रिय सदस्य मेघा शाही लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रमकाबिच रेडियो समपर्णले एकल महिला अम्बिका खतिवडालाई सम्मान गरेको छ । आफ्नै परिवारबाट अपहेलित भएर पनि समाजमा पुर्नस्थापित हुन सफल महिलाको रुपमा रेडियोले डुमरवाना निवासी खतिवडालाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख आतिथि सासंद मधु शाहि र रेडियो समपर्णका प्रबन्ध निर्देशक संतोष देउजाले दोसल्लाह ओढाएर खतिवडालाई सम्मान गर्नुभएको थियो । रेडियो समपर्णका प्रबन्ध निर्देशक संतोष देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो समपर्णका समाचार प्रमुख प्रदिप गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले बाराको उत्तरि क्षेत्रलाई हिसांमुक्त समाज निमार्णगर्नेे समबद्ध प्रतिबद्धता जनाएका थिए ।

Post a Comment

 
Top