0
निजगढसमाचार, निजगढ, २७ मंसिर ।

भोली मंसिर २८ गते प्रथम राष्ट्रिय रग्बी अन्र्तर क्लब च्याम्पेन्सीप प्रतियोगितामा बाराको निजगढ युनाईटेड क्लब पनि सहभागि हुने भएको छ ।
काठमाण्डौंको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भोली विहान १० बजे खेल हुने क्लबका निर्मल लामाले जानकारी दिए ।
प्रतियोगिता नेपाल रग्बी एसोसेसनले आयोजना गर्न लागेको हो । निजगढका खेलाडीलाई हौसला दिन प्रतियोगिता हेर्न आउन निजगढवासीलाई लामाले निजगढसमाचार मार्फत आह्वान गरेका छन् ।

Post a Comment

 
Top