0

  • महेश्वर अधिकारी 

घटना
शनिबार साँझ निजगढ लज्जीत हुनुप¥यो । आफैले पैसा तिरेर बोलाएका पाहुँनामाथि ढुंगा प्रहार भयो । नेपालकै चर्चित राष्ट्रिय कलाकारमाथि जुन अभद्र ब्यवहार भयो, त्यो निन्दनीय थियो । यत्ति सम्म भयो कि कलाकार आफैले ‘म स्टेज छाडेर जाऊँ’ भनेर प्रश्न गर्न बाध्य पारियो ।
ढुंगाले त ज्योती मगरलाई  लागेन तर उनी निजगढमा अपमानित भईन् । ज्योतीले स्टेजबाटै निजगढको ईज्यतको लागि पनि तपाईहरु यस्तो नगर्नुस भनेर आग्रह गर्दै थिईन् । त्यस्तो खाले आग्रह कार्यक्रम संचाल क भाईकाजी श्रेष्ठले पटक–पटक गरे । अहिले फेसन बनिरहेको सर्ट स्कट लगाएर मञ्चमा प्रवेश गरेकी ज्योतीलाई गित गाउँदा गाउँदै ढुंगा हानियो ।
ढुंगा हान्नबाट रोक्न प्रहरी निकै खट्यो । सुरक्षा मजबुत बनाउन प्रहरीले देखाएको सक्रियता प्रशंसा योग्य थियो ।
चिनिएकी ज्योती
ज्योति मगर बारे धेरै मानिस जानकार छ कि उनी छोटो कपडा लगाउँछिन् । उनको प्रस्तुति ‘ग्यालामर’ हुन्छ । नेपाली लोक संगितमा पोशाककै कारण ज्योती विवादमा तानिदै आएकी छिन् । उनले गाएको गित र उभिनय गरेको भिडियोहरुकै कारण सधैं चर्चामा पनि छिन् । जिम्मल बाऊ कि छोरी.. बोलको गितकै कारण एकएक चर्चामा आएकी ज्योती अभिनित भिडियो भने विवादित बन्दै आएको छ । उनको बारेमा नै लेखिएका गितहरु पनि अहिले चर्चामा छन् । ए ज्योती... बोलको गित अहिले चर्चामा आईरहेको छ । सधैं टेलिभिजनको पर्दामा छाईरहने ज्योतीको बारेमा धेरै जानकार छन् । ज्योतीका फ्यानहरुलाई अझ यो भन्दा बढी जानकारी होला ।
यो पनि 
ज्योती अपमानित भएको स्टेज निजगढको शैक्षिक धरोहर गौरी शंकर उमाविको हो । विद्यालय परिषरमा भएको कार्यक्रममा टाईटर स्पोन्सर थियो–जीन भोड्का । मदिरा कम्पनीको मुख्य प्रायोजनमा विद्यालयमा कार्यक्रम गर्नु हुन्थ्यो कि हुन्थ्येन ? यसको बहस अहिले नगरौं ।
बहस : ढाकछोप गर्ने कि नगर्ने  
ज्योतीमाथि भएको अपमानको घटनाले हामीलाई पनि लज्जीत बनाएको छ । निजगढको शिर निहुँरिएको छ । यस्तो घटनालाई ढाकछोप गर्ने कि उजागर गर्ने ? मैले अहिले भन्न खोजको यत्ति हो । यो पक्तिकार आज यसै विषयको बहसमा केन्द्रित छ ।
‘ज्योतीलाई ढुंगा प्रहार’ शिर्षकको समाचार आईतबार दिउँसो निजगढसमाचार साप्ताहिको अनलाईन संस्करणमा प्रकाशित भयो । त्यो न्यूज पत्रिकाको अफिसियल फेसबुक पेजमा सेयर भयो ।
पत्रकारको पहिलो काम समाचार लेख्ने हो ढाकोछोप गर्ने होईन भन्ने कुरामा विश्वास राख्छु म । हामी पत्रकार राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव, राष्ट्रिय एकता र सार्वभौमिकताको विषयमा निकै सचेत हुनु पर्छ । यो अवस्था बाहेक समाचार ढाकछोप गर्नु भनेको हाम्रो बेईमानि हो । हामीले समाचार लेख्ने हो, प्रतिकृया के हुन्छ भन्ने सोच्ने होईन् । आएका प्रतिकृयालाई उचित स्थान दिएर प्रकाशन गर्ने पत्रिकामा ठाँउ पनि छ ।
समाचार प्रकाशित भए पछि अब कलाकार आउँदैनन् भन्ने चिन्ता छ आयोजकलाई । घटनालाई ढाकछोप गरेर ढुंगा हान्नेको मनोवल उच्च बनाउने कि दोषि पत्ता लगाएर कारवार्ही गर्ने ? विवेक प्रयोग गरौं । समाचार लेख्न पाईयोस् ‘ढुंगा हन्नेले माफि मागे’ । ताकि भोली यस्तो घटना नहोस् । ‘कलाकार देशका गहना हुन् । सम्मान गर्नुपर्नेमा मैले अपमान गरेँ मलाई आत्मग्लानी भएको छ ।’ यस्तो कोट होस् न्यूजमा  अनि पो भोली कसैलाई यस्तो गर्नु हुन्न रहेछ भन्ने बोध हुने थियो कि ?

Post a Comment

 
Top