0
निजगढसमाचार, निजगढ, ३ चैत्र
लायन्स क्लबको सत वार्षिकीको अवसरमा आज बाराको निजगढमा रक्तदान कार्यक्रम आयोजना भएको छ । अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको संयुक्त आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा १२ महिला सहित एक सय जनाले रक्तदान गरेका छन् ।
निजगढ–८ स्थित शहीद चोकमा विहान ८ बजेदेखि दिउँसो २ बजे सम्म भएको कार्यक्रममा महेश्वर अधिकारी, उषा लामा, रविराज दंगाल, अजय लामा, दिपेन्द्र श्रेष्ठ, रुद्र घिताल, अर्जुन तिमल्सिना, विनय तिमल्सिना, रामकृष्ण शर्मा, शुशिल खनाल लगायतले रक्तदान गर्नुभएको थियो । ब्लर्ड डोनर्स एशोसेएशन नेपाली बीरगंज र नेपाल रेडक्रस रक्तसंचार केन्द्र वीरगंजको सहयोगमा कार्यक्रम भएको हो ।

Post a Comment

 
Top