0
निजगढसमाचार, निजगढ, ३० फाल्गुन
नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राख्दै लोडसेडिङ दैनिक एक घण्टा घटाएको छ । प्राधिकरणले चैत १ गते सोमबारदेखि लागू हुने गरि १३ घण्टा हुँदै आएको लोडसेडिङ घटाएर १२ घण्टा बनाएको छ । जलस्तर कम हुँदै गए पनि भारतबाट बिजुली आयात हुँदा आपूर्ति स्थित रहेकाले लोडसेडिङ कटौति गरेको प्राधिकरणको भनाइ छ । फागुन पहिलो सातादेखि भारतबाट ८० मेगावाट बिजुली आयात भएको थियो ।

Post a Comment

 
Top