0
निजगढसमाचार, निजगढ, ५ चैत्र
पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिका–८ स्थित बकैया खोलाको पुलमा यात्रु बस झुण्डिएको छ । पुर्वबाट पोखराको लागि छुटेको ना. ३ ख ५६१९ नम्बरको यात्रु बस पुलको रेलिङिबाट अगाडीको भाग तल झरेको छ । बसमा सामान्य क्षति भए पनि यात्रु सकुशल छन् । पुल नजिक पुगेपछि स्पेरिङग पट्टा भाँचिएको कारण बसको क्याविनसम्मको भागले पुल छाडेको छ ।
बागमतिबाट पोखराको लागि बस चढेकी फुलमाया मगरले आफुहरु  बस पुलबाट झर्न थालेपछि आत्तिएर ओर्लिएको बताईन् ।
बस झुण्डिएपछि पुलबाट मोटरसाईकल बाहेकका सवारी संचालन हुन सकेको छैन् । प्रहरीले बकैया पुलको ड्यामको ड्राईभर्सन प्रयोग गरेर यातायात सुचारु गरे पनि दजनौं सवारी साधन सडकमा रोकिएका छन् । प्रहरी बसलाई निकाल्ने प्रयासमा जुटेको छ ।

Post a Comment

 
Top