- एन.के. अविवाहित
संसारमा सबैको आ–आफ्नो कथा–ब्यथा हुन्छन् । चोट हजारौं भए पनि सहन बाध्य हुनु पर्छ । यो मानव रुपी हामी प्राणीहरुले र अन्य प्राणी भन्दा चेतनशिल प्राणी भनेर सबैले भनेको र किताबमा पनि त्यहि कुरा पढेको कारण जंङ्गे सधैं सोच्छ–चेतनशिल प्राणी भएर मात्र हुन्छ त आफ्नो जिम्मेवारी पनि पुरा गर्नु प¥यो नि हो । निजगढ नगरपालिकामा बस्ने जंङ्गे धनि बाऊको एक्लो छोरो हो तर उसकोे संगत भने जहिले पनि गरिब परिवारका साथीहरुसंग हुने गर्छ । त्यस्तैमा एक दिन जंङ्गेले निजगढमा पनि शहीद स्मारक र भ्यू टावर बनाउन लागेको कुरा निजगढ समाचार साप्ताहिकमा पढ्छ । यो समाचार पढ्न पाएर आफ्नो ठाँउमा बन्न लागेको भ्यू टावर हेर्न जाने उत्सुकता जागेर आउँछ । साथै उसले एन के अविवाहितले लेखेको कथा पढेर खुब रमाईलो मान्छ । अचेल उसले अरु पत्रिका पढ्न मान्दैन् । आज मंगलबार पनि विहानै उठेर निजगढ समाचार साप्ताहिक लिन हतार गरेर विहानै गाउँको छ । उसले गाँउ छरछिमेकी सबैलाई पढेर सुनाउँछ, आफ्नो ठाँउको समाचार । अनि भन्छ–निजगढ समाचारमा जस्तो समाचारको स्वाद अरु पत्रिकामा कहाँ पाईन्छ र लोकल भनेको लोकल नै हो । यो पत्रिकामा भए आफ्नो गाँउ ठाँउको समाचार पढेर बुझ्न पाईन्छ । अरु ठाँउको त टिभिले देखाउँछ ।
यसैविच जंङ्गेले एक दिन एउटी केटी मनपराउँछ तर भन्न डराउँछ र मितज्यूलाई यस बारेमा भन्छ । तब जंङ्गेको मितज्यूले सोध्छ–के हो केटीको नाम ? जंङ्गेले लजाउँदै उत्तर दिन्छ–थाहाँ छैन । अनि कहाँ कि हो नि ? जंङ्गे बोल्छ निजगढकै त हो नि ! मितज्यूले सोध्छ– ए अनि अहिले सम्म के भन्नु भो त ? जंङ्गेले उत्तर दिन्छ–केही भनिन मैले त जे–जे भन्नु पर्ने हो, सबै उसले भनि म त सुनेर बसे अनि हुन्छ भनि दिएँ ।
मितज्यू– हेर मितज्यू पनि कस्तो मान्छे हो तपाईलाई डेटिङ्गमा बोलाईन ? कि आफैले बोलाउनु भो ?
जंङ्गे– बोलाकी छे भोली साँझमा डाडा माथि स्मारकमा आउनलाई भनेकी छे ।
मितज्यू– लौं मितज्यू रमाईलो गर्नुस ‘वेष्ट अफ लक’ छ तपाईलाई मेरो तर्फबाट हैन त ।
जंङ्गे– ‘थ्याङ्गक्यू’ मितज्यू ।
भोली पल्ट जंङ्गे अन्धाधुन्दा साईकल चलाउँदै जाने क्रममा साईकल पम्चर हुन्छ अनि साईकल डो¥याएर शहीद स्मारक पुग्छ । त्यहाँ उसकी गल्डफ्रेण्ड पर्खिरहेकी थिई झन तिमि भने राती आउँछौं लाज लागेर हो कि क्या हो ?
जंङ्गे–बाटोमा साईकल विग्रेर हल्का ढिलो भयो ।
गल्डफ्रेण्ड– हेर जंङ्गे आजकालको जमानामा तिमि घरको एक्लो छोरा भएर पनि के थोत्रो साईकल चढिरहन्छौं । एउटा नयाँ बाईक किनेर चढ्नु पर्छ नि ।
जंङ्गे–बाईक त किन्ने भनेको हो तर सुड्डोले पैसा दिन मान्दैनन् । भन्छन् आफै कमाएर किनेर चढ् भनेर ।
त्यस पछि जंङ्गे र उसको गल्डफ्रेण्ड अधेरी रात हुँदै गर्दा एक आपसमा नजिक हुन्छन् अनि जंङ्गेले विस्तारै गल्डफ्रेण्डलाई आफ्नो छेउमा राख्छ र उसले हातमा समाएर आफु तर्फ तान्छ र गल्डफ्रेण्डले लाजले आँखा बन्द गर्छे तब जंङ्गेले विस्तारै गल्डफ्रेण्डको आँखाको ढकनी खोल्छ । गल्डफ्रेण्ड विचरी लामो स्वास तान्छिन् । उसलाई जंङ्गेले भन्छ–तिमि राम्री छेऊ भन्ने कुरा मलाई मात्र थाहा छ । सायद भगवानले तिमि मेरै लागि बनाएर पठाए जस्तो लाग्छ ।
गल्डफ्रेण्ड– तिमि जस्तो हेण्डसम र राम्रो मान्छे पाएर म आज साह्ै खुसी छु । तिमि जस्तो केटा मेरो गाँउमा त कोही छैन्, सब बोका जस्ता छन् डेटिङ्ग जाँउ भन्दा उखुबारी तिर लिएर जान्छन् असली बोकाहरु ।
जंङ्गे–हो र ? त्यसो भए अब जाउ रात परिसक्यो फेरी हिँडेर जानु छ ।
त्यस पछि त्यहाँबाट छुट्टिएर घरतिर जान्छन् । घरमा आएसी जङ्गेको अङ्ग–अङ्ग जुरमुराउँछ अनि मनमनै भन्छ–मोरीले मोहनी लगाई कि क्या हो । स्पर्शमा लास्टै आनन्द आयो । सोच्दा सोच्दै के–के पो सोच्न पुगेछु ।
यत्तिकैमा आमाले बोलाईन् । ए जङ्गे खाना खाने बेला भो ल छिटो आउ खना खान ।
त्यसपछिका दिनहरु जंङ्गेले गल्डफ्रेण्ड लिएर कहिले बकैया पारि तामागढीमा पु¥याउँछ त कहिले भमराको पुलपारि कहिले फिल्म हल सबै ठाउँ घुमेर सकाउँछन् । जंङ्गेको गल्डफ्रेण्डको घरमा थाहाँ हुन्छ तर दुई चार दिनमै कुरा मिल्छ । त्यसपछि त झन जंङ्गे गल्डफ्रेण्डको घरमा दिनकै जान्छ र उसको गल्डफ्रेण्ड पनि जंङ्गेघर आईरहन्छिन् । जंङ्गे यस कुराले मख्ख छ । तर समय कहाँ एकनाशको हुन्छ र भने झैं जंङ्गेलाई थाहा हुँदैन अनि एक दिन उसको बाऊले भन्छन्–जङ्गे लौं कपडा लगाएर तयार हो तेरो लागि हामीले केटी हेरिदेको छौं आज लगन जुराउन जानु छ छिटो तयारी हो ।
जङ्गे छक्क पर्छ अनि भन्छ–विहे गर्ने बेला भयो र ?
बाऊ – अब सधें भरि केटीको पछि लागेर हिड्छस भने मेरो भन्नु कोही छैन् । त जे गर्छस गर भन्छन कि भनि ठानेको होलास तर के गर्नु हेर जङ्गे राम्रो घरबाट कुरा आएको छ, दाईजो नि थुप्रै दिन्छु भन्याए छन् । अनि बाईक पनि दिन्छु भनेका छन् ।
जङ्गे–तर म अहिले विहे गर्दिन् ।
बाऊ–कहिले गर्छस त ?
जङ्गे–विहे नै गर्नु पर्ने भए मैले मन पराएकीलाई मात्र गर्छु ।
बाऊ–हैन बौलाउन त बौलाईस तँ हँ त्यस्ती नखरमाउलीसंग विहे गर्छु भन्छस् के दिन सक्छे त्यसले हामीलाई दाईजो ? दुई छाक खान त मुस्किल छ तिनिहरुको परिवारलाई त्यस माथि खासै जात परेको मान्छे नि हैनन् तिनिहरु बुझिस् । तिनिहरुले हामीसंग बराबरी हुन सुहाउँछ ?
जंङ्गे–तपाईलाई दाईजो चाहिएको भए ठिकै छ । ल्याएर राख्नुस दाईजो अनि छोरा पनि त्यही दाईजोले पाउँछ म हिँडे ....।
बाऊ– जङ्गे याद राख तैले आज एउटी केटीको लागि आफ्नै बाबु आमाको घर छोड्दैछस् म सम्झिन बाध्य हुने छु कि मेरो छोरा यो संसारमा छैन् भनेर ..।
जंङ्गे–जे–जे सम्झिए पनि भोली आखिरमा बिर्सिनु पर्छ । के थाहा पछि मेरो याद आएर खोज्दै हिड्ने पो हो कि ।
जङ्गेको आमा आउँछिन–जङ्गे तयारी गरिस त जानलाई ?
जङ्गे– तयारी भए आमा तर तपाईहरुले भनकोको ठाँउमा विहेको लागि हैन आफैले मन पराएकीलाई ल्याउन ।
आमा–के भन्छ यो जंङ्गे मैले त तयारी भयो होला भनेर हतारमा आउदैछु । यो भने आँगनमा उभिएर म संग जिस्किन्छ ।
बाउ– हेर जंङ्गेकी आमा यसलाई त त्यहि केटीले मोहनी लगाई जस्तो छ । बरु एउटा झाँक्रि बोलाएर मोहनी फुकाउन लगाउनु पर्ने भो नत्र त जंङ्गेको शास नै त्यतै जान्छ ।
जंङ्गे गेट खोलेर फरार हुन्छ गल्डफ्रेण्ड भेट्नलाई अनि सबै कुरा सुनाउँछ ।
गल्डफ्रेण्ड ः त्यसो भए अब के गर्ने ? मेरो घरमा पनि विहे गर्न कर गरिराछन् । अनि दिनकै केटा हेर्न आउँछ ।
जंङ्गे–त्यसो भए तिमि र म भागौं ।
गल्डफ्रेण्ड–अँ तिमि र म मात्र हुँदा कोही गुण्डाहरु आयो भने के गर्ने ?
जंङ्गे– केही गर्नै पर्दैन जे गर्नुछ उसैले गर्छनी ।
गल्डफ्रेण्ड–अँ त्यसै भनेर बस् ।
जंङ्गे–अब भागेर कुनै एउटा सुकुम्बासी गाँउमा गएर बसौं न हुन्न ?
गल्डफ्रेण्ड–सुकुम्बासी गाँउमा सुकाएर मार्ने बिचार छ कि क्या हो ?
जंङ्गे–त्यसै भनेर बस्दा ढिलो हुन्छ बरु घरमा गएर कपडा लिएर आउ म बकैया पुलमा बस्छु । त्यहिबाट बस चढेर आजै भाग्नु पर्छ । आज मंगलबारको दिन साईत पनि राम्रो छ । मौषम नि सफा छ । हामी भागेर जान लागेको कसैलाई थाहाँ नहोस् भनेर म मेरो मितज्यूलाई भन्दिन्छु उनले समाल्छन सबै कुरा त छिटो घर गएर आउ है । त्यस पछि गल्डफ्रेण्ड घर गएर बकैया पुलमा आउँछिन अनि बस चढेर जंङ्गेले आफ्नो गल्डफ्रेण्डलाई भगायो । गाँउ भरि हल्ला भयो जंङ्गेले भगायो रे केटी .....।
Post a Comment
Post a Comment