0
निजगढखबर, काठमाडौं , २२ जेठ
बिनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ७१० पुगेको छ । २२ हजार ४९३ जना घाइते भएका छन् । यो विवरण शुक्रबार विहान ११ बजेसम्मको हो ।
     मृतक ८ हजार ६७१ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ । घाइतेमध्ये ४ हजार ४०५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ७२९ जना छन् । मध्य क्षेत्रमा ६ हजार ४६१, पश्चिम क्षेत्रमा ४५०, पूर्व क्षेत्रमा ५८ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा १३ हजार १७ जना घाइते भएका छन् । मध्य क्षेत्रमा ७ हजार ७४४, पश्चिम क्षेत्रमा १ हजार २४२, पूर्व क्षेत्रमा ४५२, मध्यपश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा २ जना घाइते भएका छन् ।
यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी ४ लाख ६९ हजार ५३९ भौतिक संरचना क्षती भएका छन् । काठमाडौं उपत्यकामा ६७ हजार १८८ भौतिक संरचनामा क्षति पुगेको छ । मध्य क्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३२६, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूरपश्चिम क्षेत्रमा १४८ भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।

Post a Comment

 
Top