0
निजगढखबर, चितवन, २० जेठ
चितवनको रत्ननगर नगरपालिका बछौलीकी बबिता मुसहरले अनौठो बच्चालाई जन्म दिएकी छन् । दात भएको, छालामा संक्रमण भएको, आँखाको भाग फुलेको, कडा शारीरिक बनोट भएको बच्चा जन्मिएको हो ।
मंगलबार राति ९ बजेर ५० मिनेटमा मुसहरले भरतपुर अस्पतालमा असामान्य बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएको साढे २ घण्टा मात्रै जीवित रहेको भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले जानकारी दिए ।
     ‘हात-खुट्टा नभएका असामान्य बच्चाहरु बेला बेलामा जन्मिए पनि यस्तो प्रकृतिको बच्चा जन्मिएको मैले पहिलो पटक देखें । यसबाट म पनि अचम्म परेको छु,’ उनले भने ।
किन जन्मिन्छन् यस्ता बच्चा ?
मेडिकल भाषामा यो एक प्रकारको रोग भएको चिकित्सकहरु बताउँछन् । यस रोगलाई ‘मेडिकल कन्जिनेन्टल एनोमेलिस’ भनिन्छ । डा. पोख्रेलका अनुसार यस प्रकारका बच्चा ४ कारणले जन्मिन सक्छन् ।
वंशाणुगत रोगले, आमाको पेटभित्र बच्चाको शरीर विकसित हुँदा कुनै प्रकारको संक्रमणले, गर्भ रहेको ३ महिना हुदा आमाले विना चेकजाच प्रकारको औषधि खाँदा र स्थालिस रोगका कारणले यस प्रकारको बच्चा जन्मिने डा. पोख्रेलको भनाइ छ ।
‘मेडिकल विज्ञानमा नै अनौठो मानिने यस्तो बच्चा नेपालमै पहिलोपटक जन्मिएको हुनसक्छ,’ डा. पोख्रेलले भने, ‘यसबारे हामीले अनुसन्धान जारी राखेका छौं ।’

Post a Comment

 
Top