0
निजगढखबर,चितवन,२२ जेठ
युवा समाज नेपाल चितवनले तीनसय  भन्दा बढी बालबालिकालाई मनोविमर्श सेवा दिएको छ ।
भूकम्प प्रभावित बालबालिका खोजेर मनोविमर्श सेवा दिएको युवा समाज नेपाल चिवतनका अध्यक्ष केशवप्रसाद रेग्मीले जानकारी दिए ।
स्कुल बाल क्लब तथा विभिन्न संस्थामा पुगेर भूकम्प प्रभावित बालबालिका खोज्दै परामर्श सेवा दिँदै आएको रेग्मीले बताए । सुरुमा आफ्नै नाति स्पन्दन सापकोटा भूकम्पबाट तर्सिएको थाहा पाएपछि अन्य बालबालिकामा पनि यस्तै असर पर्‍यो होला भन्ने लागेर मनोपराशर्म सेवा दिन थालिएको उनले बताए ।
सो क्रममा ती बालबालिकालाई भूकम्पबाट जोगिने उपाय लेखिएका कापीसँगै अन्य शैक्षिक सामग्रीसमेत वितरण गर्ने गरिएको छ ।
शक्तिखोर, भरतपुर, बाह्रघरे, देवघाटको संस्कृत विद्यालयलगायत क्षेत्रमा पुगेरै सेवा दिएको र अभियान जारी रहेको युवा समाज नेपालले जनाएको छ ।

Post a Comment

 
Top