0
निजगढखबर,बारा,२१ जेठ
बारामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दक्षिण झिटकैया(२ निवासी अम्बिका ठाकुरका १४ वर्षीय छोरा सन्देश ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।
यसैगरी सोही गाउँका १६ वर्षीय विकाश यादव र १३ वर्षीय पवन साह घाइते भएका छन् । यादव र साहको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विहीबार बिहान हावाहुरीसंगै पानी पर्दा उनीहरु घर नजिकैको आँपको बगैचामा आप टिप्न जाँदा चट्याङले लागेको थियो ।
विहीबार नै मकवानपुरमा चट्याङले लागेर एकजनाको मृत्यु भएको थियो ।

Post a Comment

 
Top