0
निजगढ समाचार, बारा, १३ साउन
बाराको निजगढबाट प्रकाशन गर्ने तयारीमा रहेको निजगढ समाचार साप्ताहिक पत्रिका आज जिल्ला प्रशासन कार्यालय बारा कलैयामा दर्ता भएको छ । निजगढ नगरपालिका ६ की पवित्रा कुमारी चौलागाई प्रकाशक र निजगढ ९ की समिता चौलागाई सम्पादक रहेको पत्रिका आज दर्ता भएको हो ।
जिल्ला प्रशासन कार्यालय बारामा आज दर्ता भएको पत्रिकाको दर्ता नं. ६३ रहेको छ । नेपाल सरकार सुचना विभागबाट ‘नेपाल राज्यभित्र निजगढ समाचार पत्रिका कहि कतै दर्ता नभएको अभिलेखबाट नभेटिएको’ लेखिएको पत्र प्राप्त गरेसंगै जिल्ला प्रशासन कार्यालय बारामा अनुसुचि ५ नियम ४ को उपनियम (२) संग सम्बन्धित रहेर पत्रिकाले प्रशासकीय अधिकृत रमेश दत्तको हस्ताक्षर सहितको अस्थायी प्रमाण पत्र समेत आजै प्राप्त गरेको छ ।
     तराई अफसेट प्रेस सिमरा मुद्रक रहेको पत्रिका ८ पृष्ठको रहने पत्रिकाका प्रकाशक पवित्रा कुमारी चौलागाईले जानकारी दिईन् ।
     पत्रिकाले निजगढ समाचार बल्लगस्पोर्ट डट कम मार्फत समाचार प्रकाशन गर्दै आएको छ भने निजगढ समाचार डट कम डट एनपी समेत तयार भईरहेको छ । ‘समाचार, विचार र विश्लेषणको पर्याय’ नारा रहेको पत्रिका साउन अन्तिम साता विमोचन गर्ने तयारी थालिएको पत्रिकाका कार्यकारी सम्पादक महेश्वर अधिकारीले जानकारी दिएका छन् ।

Post a Comment

 
Top