0
महेश्वर अधिकारी, निजगढ, १४ साउन
आरक्ष विस्तारको विरुद्धमा आयोजित छलफलमा सहभागिहरु 
बाराको निजगढ नगरपालिकाको रतनपुरमा हालै विस्तार गरेको पर्सा बन्य जन्तु आरक्ष खारेज नभए शसक्त आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । आरक्ष विस्तार गर्दा स्थानीयवासीसंग छलफल नै नगरि विस्तार गरेको गुनासो गर्दै आरक्षका जनाबरबाट बस्ती असुरक्षित हुने भन्दै आरक्ष खारेज गर्नुपर्ने स्थानीयको माग छ ।
रतनपुर बचाऊ संघर्ष समितिले आज निजगढ नगरपालिका कार्यालयमा आयोजना भएको छलफलमा  आरक्ष विस्तार खारेजको माग गर्दै  प्रधानमन्त्री सुशिल कोईरालाको कार्यकक्षमा डेलिकेशन जाने निर्णय भएको समितिका अध्यक्ष विष्णु ढुंगानाले जानकारी दिनुभयो । सरकारले आफुहरुको माग सम्बोधन नगरे सर्वोच्चको ढोका ढक्कढकाउने र अदालतले समेत माग खारेज गरिदिए जीवनमरणको संर्घषमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
छलफल कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, नेपाली कांग्रेसका महेशी कुवर, मिना लामा, नेकपा एमालेका नगर अध्यक्ष दिल बहादुर लामा, एकिकृत नेकपा माओवादीका बेनी बहादुर मुक्तान, राप्रपा नेपालका नगर अध्यक्ष बासुदेव तिमल्सना, नेकपा–माओवादीका गुणराज तिमल्सीना लगायत सहभागि थिए ।

Post a Comment

 
Top