0
महेश्वर अधिकारी, निजगढ, ११ साउन
बाराको निजगढ नगरपालिका कार्यालयले आफ्नो नगर क्षेत्रमा रहेका ऐलानी र प्रति जग्गा खोजी गर्ने समिति बनाएर काम सुरु गरेको छ । नगरपालिकाले ऐलानी प्रति जग्गा संरक्षण समिति गठन गरेर फिल्ड बुकमा भएको त्यस्ता जमिनको रेखाङ्गकन गर्ने सुरु गरेको हो ।
    नगरपालिका ईन्जिनियर अशोक कुमार कुशवाहको संयोजकत्वमा स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको समिति गठन गरेको हो । समितिमा महेशी कुवर, अम्बिका चौलागाई, थलप्रसाद गौतम, खड्गप्रसाद उप्रेती, रविराज दंगाल, मिना लामा, सन्त बहादुर राउत, अमिन विनोद कुमार महत्तो रहेका छन् ।
     अभियान अन्र्तगत समितिले आज निजगढ वडा नं. ४ बाघदेव स्थित भमरा खोला क्षेत्रमा रहेका ऐलानी जग्गा पहिचान र रेखाङ्कन गर्ने काम सुरु गरेको समितिका संयोजक ई. अशोक कुशवाहले जानकारी दिनुभयो । समितिले नगर क्षेत्रका त्यस्ता जग्गाको पहिचान गरि रिपोर्ट बुझाउने उहाँले निजगढ समाचारलाई जानकारी दिनुभयो ।
भिडियो









Post a Comment

 
Top