0
निजगढसमाचार, बारा, १३ साउन
बाराको बुनियाद गाविस ६ का महेन्द्र हजराको घरमा मछर धबाउन बालेको आगो फैलिदा आज विहान स्थानीयको ६ वटा घरगोठ जलेर खरानी भएको छ । मानविय क्षति नभए पनि एउटा पाडी र करिब ८ लाख मूल्य बराबरको धनमाल चलेर नष्ट भएको अस्थायी प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक रामपदार्थ साहले जानकारी दिए ।
     आगो कलैया नगरपालिकाको बारुण यन्त्रको सहायतमा गण्डक प्रहरी, जिल्ला प्रहरी र शसस्त्र बेस क्याम्प जितपुरको प्रहरी टोली र स्थानियले नियन्त्रणमा लिएका थिए ।

Post a Comment

 
Top