0
बाघभैरब सिचाई आयोजना संचालन भएकै दिन भत्कीयो
महेश्वर अधिकारी, निजगढ, १४ साउन
निजगढको कृषि क्रान्तिको आधारको रुपमा हेरिएको बाराको निजगढ नगरपालिका ४ मोहोरीमा निर्माणाधिन बाघ भैरव सिचाई आयोजना संचालन भएकै दिन भत्कीएको छ । आयोजनाको मुहानबाट एक सय मिटर दक्षिणतर्फ बनाईएको पक्की कुलोको पर्खाल पानी संचालन गर्ने वित्तिकै भत्कीएको हो ।
पानी संचालन गर्ने वित्तिकै पर्खाल भत्कीएपछि समितिको विरोध भएको छ । कुलो निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरेको र उचित मापदण्ड पुरा नगरि निर्माण गरेको आरोप राप्रपा नेपालका नगर सचिव  खड्ग प्रसाद उप्रेतीले आरोप लगाएका छन् । निर्माण अवधिमा निगरानी र अनुगमनमा ध्यान नदिदा पर्खाल भत्कीएको उप्रेतीले बताए ।
निर्माण समितिका सदस्य धनप्रसाद तिमल्सीनाले ईन्जिनियको स्टीमेट गरेअनुसार नै निर्माण कार्य भईरहेको दाबी गरेका छन् । ‘पर्खाल निर्माण भईसकेपछि एक साईडमा माटोले पुर्नु पर्ने थियो, ’ निर्माण कार्यमा सहयोगी बन्दै आएका तिमल्सीनाले भने –त्यसो नगरी किसानले हतार गरेर पानी चढाउदा पर्खालको तल्लोभाग खोतलेर खोक्रो भएको कारण पर्खालमा क्षति पुग्यो ।
२०६५ साल देखि नै मझौला सिचाई योजनाको सुरुवात भएको सिचाई आयोजनामा ५७ लाख भन्दा बढी बजेट खर्च भईसकेको छ । दुई हजार हेक्टर क्षेत्रफलमा सिचाई गर्ने क्षमताको आयोजनामा चरम राजनीतिक विवाद हुने गरेको छ । आयोजना संचालन गर्न दुई वटा समिति बनेको छ । बाघभैरब सहित निजगढ मुल बाँध पैनी सिचाई समिति गठन भएको थियो । यस अघि बनेको समितिले प्रयाप्त बजेट नपाउदा काम अगाडी बढाउन सकेको थिएन् भने तत्काल नै अर्को समिति बनेको हो । नयाँ बनेको समितिले समग्र निजगढलाई नसमेटेर वडा नं. ३ लाई मात्र प्राथमिकतामा राखेर आयोजना संचालन गरिहरेको आरोप लाग्दै आएको छ ।
      समग्र निजगढलाई समेटेर आयोजना संचालन नभएको भन्दै स्थानीय राजनैतिक दलको व्यापक विरोध रहदै आएको छ । समग्र निजगढलाई समेटेर समिति बनाउन आफुहरुले माग गर्दै आएको नेकपा–माओवादीका नगर संयोजक रबिराज दंगालले बताए ।
      समिती सचिव शुदर्शन लामिछानेको मोवाईल ९८५५०४४०८० मा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । उनले घरमै मोवाईल छाडेर गएको जानकारी आयो ।
- यस अघि अन्यथा भएकोमा सच्याईएको छ ।–सम्पादक

Post a Comment

 
Top