0
बाराको निजगढ–१० लालस्थित डाडा“तर्फ रहेको पाल्युल साम्तेन्लिङ गुम्बा धार्मिक पर्यटनको निकै सम्भावना बोकेको ठा“उ हो । गुम्बाको दक्षिण–पश्चिम दिशातर्फ कृष्ण मन्दिर र पूर्वतर्फ जनयुद्धकालिन शहीद स्मृतिमा निर्माणाधिन पार्क रहेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको गुम्बा परिषर पुग्न पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ कि.मी उत्तरमा रहेको चुरे पर्वतको ५ सय मिटर अग्लोमा रहेको गुम्बाको अर्को महत्वपूर्ण पक्ष भनेको लामा पाठशाला हो । सात वर्ष अघि देखि लामा गुरु रामबहादुर लामाको पहलमा लामा पाठशाला संचालनमा छ ।
स्थानीयको पहल र गुम्बा ब्यवस्थापन महासंघको सहयोगमा त्यहा“ पुरानो एउटा गुम्बा, पाठशाला र ब्रतबस्ने हल रहेको छ । त्यहा“ अहिले लामा पाठशाला भवनको आवश्यकता रहेको छ । संचालनमा रहेको लामा शिक्षालयको लागि भवन निर्माणार्थ काग्युर पाठवचन, प्राणीदान महापुजाको तयारी अहिले तिब्र गतिमा भईरहेको छ । मुल समारोह समिति गठन भई विभिन्न उपसमिति मार्फत स्थानीय सक्रिय भएका छन् ।
जिल्लामा नै पहिलो पटक हुन गईरहेको यस्तो महापुजामार्फत २ नं. प्रदेशकै एक मात्र लामा पाठशाला निर्माण गर्ने उद्देश्य रहेको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र लामा पाठशालाको लागि १० कोठो दुई तल्ले पक्की भवन निर्माण गर्ने प्रमुख उद्देश्य हो । त्यस मार्फत तामा· सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
अहिले तीन कक्षा सम्म अध्यापन हुने गरेको पाठशालमा १९ जना बालकहरु अध्यानरत छन् । १० कक्षा सम्म पढ्ने ब्यवस्था मिलाउने उद्देश्यले महापुजा आयोजना गर्न लागिएको हो । सानै उमेरमा भारतको महेश्वर पुग्नु पर्ने अवस्थाको अन्त्य गरि क्याम्पस तहको अध्ययनको लागि मात्र जाने अवस्थाको कहिले आउ“ला भन्ने प्रतिक्षा गरिरहेका छन् ।
यो क्षेत्रको विकासमा राज्य र स्थानीय तवरबाट सकारात्मक पहल भएको खण्डमा यो प्रदेशकै नमुना धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने निश्चित छ । यसको प्रमुख आधार के हो भने निजगढमा निर्माणाधिन अन्र्तराष्ट्रिय विमानस्थल र दु्रतमार्ग संगै यो क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने सक्ने छ । त्यसो त बौद्धमार्गीको केन्द्रको रुपमा यसलाई विकास गर्ने सम्भावना रहेकाले छिमेकी मुलुक चिनबाट भित्रिने पर्यटक मध्ये केही प्रतिशतलाई मात्र त्यहा“ पुग्ने वातावरण तयार गर्न सकेको खण्डमा समग्र निजगढको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । त्यसैले यसको विकासको लागि हुन गईरहेको महापुजामा सहभागि भएर आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न पछि नपरौं ।

Post a Comment

 
Top