0

निजगढसमाचार, निजगढ
युथ अफ निजगढको आयोजनामा प्रि–होली कन्र्सट २०७२ आयोजना हुने भएको छ ।
अघिल्लो वर्षझैं यस वर्ष पनि फागुन २९ गते आयोजना हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले प्रस्तुति दिने बताईएको छ ।
जनक कुमार श्रेष्ठको अध्यक्षतामा रहेको युथ अफ निजगढले कार्यक्रम तयारी सुरु गरेको छ ।
कार्यक्रममा चर्चित गायक सुगम पोखरेल, गायिका ज्योती मगर, कमल क्षत्री, आकांक्षा बस्याल र दिनेश गौतमको प्रस्तुती रहने आयोजक संस्थाका उपाध्यक्ष उत्सब श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम सफल पार्न आयोजकले सबैसंग सहयोगका लागि अनुरोध गरेको छ ।
यस अघि निःशुल्क प्रवेशको ब्यवस्था मिलाउदै आएको आयोजकले यस वर्ष देखि एक सय रुपैया टिकट काटेर कार्यक्रम हेर्न सक्ने ब्यवस्था मिलाएको छ ।
विक्रि भएको टिकट मध्येबाट लक्की ड्र मार्फत तीन जना भाग्यशाली दर्शकले तीन वटा एन्ड्रोड फोन पाउने छन् ।

Post a Comment

 
Top