0

निजगढसमाचार, निजगढ
नेकपा एमाले निजगढ नगरपालिका वडा नं. ४ को वडा कमिटिको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जयराम कुँवरको नेतृत्वमा २५ सदस्यि वडा कमिटि सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा जिल्ला कमिटि सदस्य अम्बिका चौलागाई, जिल्ला कमिटि सल्लाकार सदस्य एकबहादुर श्रेष्ठ, निजगढ नगर कमिटि संयोजक दिलबहादुर थिङ लगायतको विशेष उपस्थिति रहेको थियो ।
यसैविच वडा नं. ६ को वडा कमिटिको वडा अधिवेशन फागुन ७ गते हुने भएको छ । युवा संघका बाराका जिल्ला सचिव भिमप्रसाद सापकोटाका अनुसार निजगढ–६ स्थित गौरिशंकर उमाविको परिषरमा अधिवेशन हुँदैछ ।

Post a Comment

 
Top