0

निजगढसमाचार, निजगढ
१२ औं साग गेम्स अन्तर्गत तेक्वान्दो तर्फ आफ्नो पहिलो खेलमा नेपालको तर्फबाट निजगढकी चेली सहभागि हुदैँछिन् । फागुन ३ गते सोमबार हुने प्रतियोगितामा ४९ किलो तौल समुहबाट निजगढ नगरपालिका–४ पुरानोटोलकी यनकुमारी चौलागाई सहभागि हुदैँछिन् । नेपालबाट तेक्कान्दोमा १३ जना सहभागि हुदैँछन् । ५ जना महिला र ८ जना पुरुष खेलाडीले सहभागिता जनाउने यनकुमारीले बताईन् । निजगढसमाचारसंग फेसबुकमा कुरा गर्दै यनकुमारीले आफ्नो, देश, गाउको नाम राख्ने गरि पदक दिलाउने विश्वास ब्यक्त गरिन् ।

Post a Comment

 
Top