0
निजगढसमाचार, निजगढ
बाराको निजजगढ नगरपालिका–२ लोकप्रिय प्राथमिक विद्यालयमा शनिबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति बाराको समन्वयमा रोटरी क्लब अफ हेडौडाको आयोजनामा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा एक दिने शिविर सम्पन्न भएको हो ।
शिविरमा दुई सय ८० जनाले परीक्षण गराएका थिए । परीक्षणका क्रममा २८ जनामा मोतियाविन्दु भेटिएको छ ।
मोतियाविन्दु भएका विरामीहरुको सोहि दिन हेटौंडा सामुदायिक आ“खा अस्पतालमा आयोजकले आफ्नै खर्चमा शल्यकृया गरेको छ ।
यसैविच शिविरको रोटरी क्लब अफ हेटौंडाका शिविर संयोजक एवं प्रणामी युवा परिषद् नेपालका पूर्व केन्द्रिय अध्यक्ष रामप्रसाद शर्माले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रणामी युवा परिषद् नेपालका केन्द्रिय सदस्य समुन्द्र नेपाल, प्रणामी युवा परिषद् नेपाल बाराका अध्यक्ष भिमप्रसाद सापकोटा, लोकप्रिय प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव ढोडारीको सहभागिता रहेको थियो ।
शिविरलाई निरन्तरता दिदै अन्य स्थानमा समेत आयोजना गर्न आफुहरुले समन्वय गर्ने योजना रहेको प्रणामी युवा परिषद् नेपाल बाराका अध्यक्ष भिमप्रसाद सापकोटाले बताए ।
शिविरमा निजगढ नगरपालिकासहित सिमरा र छिमेकी जिल्ला मकवानपुरको धियाल, रौतहटको भसेडवा, सेडवा लगायतका स्थानबाट बृद्धबृद्धा आ“खा परीक्षण गराउन पुगेका थिए ।

Post a Comment

 
Top