Latest News

0
निजगढका नेताहरुद्धारा शोक ब्यक्त


निजगढसमाचार, निजगढ, २६ माघ
नेपाली कांग्रेसले १३ औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया स्थगित भएसंगै आज विहानलाई तय भएको कांग्रेस निजगढ नगर अधिवेशन समेत स्थगित भएको । कांग्रेसको प्रथम निजगढ नगर अधिवेशन विहान ११ बजे गर्ने तयारी थियो । उद्योग वाणिज्य संघको शभाहलमा विहान १० बजे हुने प्रथम नगर अधिवेशनले निजगढ नगरपालिकाको लागि नेपाली कांग्रेसको नेतृत्व निर्वाचित गराउने तयारी थियो ।
पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधन भएपछि सम्पूर्ण प्रक्रिया अनिश्चित कालका लागि स्थगन गरिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । नगर, क्षेत्र र जिल्ला अधिवेशन केहि दिनलाई स्थगन गरे पनि महाधिवेशन भने नसर्ने पौडेलले बताए । कांग्रसले विहान ११ बजे आकस्मिक बैठक बोलाएको छ । कांग्रेसको १३ औं महाधिवेशन फागुन २४ देखि २६ गते सम्म काठमाडौंमा गर्ने तय भएको छ ।
नेताहरुद्धारा शोक ब्यक्त
नेपाली कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज विहान १२ः५० बजे निधन भए पछि बाराका नेताहरुले शोक ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत नेताहरुले कोईरालाको निधन प्रति दुख व्यक्त गर्दै शोकको घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित शोक ब्यक्त गरेका हुन् । नगरसभापति सुरेश खनाल, सभापतिका आकांक्षि नबराज तिमल्सिना, नेकपा एमालेका जिल्ला सदस्य नारायण प्रसाद गौतम, नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख कृष्ण पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का निजगढ नगर संयोजक रविराज दंगाल लगायतले फेसबुक मार्फत शोक ब्यक्त गरेका हुन् ।
 तयारी यस्तो थियो 
निजगढ नगर अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष र देउवा पक्ष विच प्रतिष्पर्धा हुने देखिएको थियो । संस्थापन पक्षबाट ज्ञानेन्द्र चौलागाई र देउवा पक्षबाट नबराज तिमल्सिना विच प्रतिष्पर्धा हुने देखिएको हो ।
आफुहरु कुनै पनि पक्षको उम्मेदवार नभएको चौलागाई र तिमल्सिनाले बताउदै आएका थिए । तिमल्सिना देउवा पक्षका शम्भु बहादुर बुढाथोकीको क्याम्पमा लागेपछि संस्थापन पक्षका महेशी कुंमर कमजोर देखिएको भन्दै चौलागाईलाई अघि सारेको स्रोतले जनाएको छ । ‘माथिको लाईनको अनुसार चौलागाईलाई अघि सारिएको हो,’ स्रोतले भन्यो–क्षेत्रिय प्रतिनिधि छनौंटमा संस्थापन पक्ष कमजोर देखिएपछि बलियो उम्मेदवारको खोजी भएको हो ।
पुराना र प्रभावशाली नेताका रुपमा चौलागाईलाई अघि सार्ने माथिकै योजना अनुसार भए पनि लामो समय निजगढ छाडेको र चुनाबको बेलामा आएर उम्मेदवार बन्न खोजेको आरोप लाग्ने गरेको छ । ‘क्षेत्रिय प्रतिनिधिमा ठाँउ नपाए पछि सभापति हुन खोजेको भन्दै आलोचना हुने गरेको हो । नगरसभापति सुरेश खनाल निकट पार्टी सचिव कुंमरको विकल्पमा चौलागाईलाई अघि सार्ने संस्थापन पक्षको विश्वास छ । पुराना नेता भए पनि चौलागाईले बुढाथोकीले धेरै संख्यामा थपेका सक्रिय सदस्यको साथ नपाउने धेरैंको आँकल छ ।


Post a Comment

 
Top