0
निजगढसमाचार, निजगढ, २४ माघ
पत्रकार महासंघ बाराको आयोजनामा निजगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघको १० औं वार्षिक साधारण सभाको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्र्तगत निजगढमा सरसफाई कार्यक्रम भएको हो । 
निजगढ नगरपालिका कार्यालयदेखि शहीद चोकसम्म सडक सरसफाई गरिएको हो । निजगढ नगरपालिका कार्यालय, रेडक्रस उपशाखा निजगढ, लायन्स क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागितामा सडक सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रम पछि आयोजित कोणसभालाई निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, जिल्ला खानेपानी तथा सरसरफाई कार्यालयका गोपीलाल भगत लगायतले मन्तब्य राखेका थिए । महासंघ बाराका कार्यसमिति सदस्य पुष्पराज खतिवडाले संचालन गरेको कार्यक्रमा शसस्त्र प्रहरी बेस निजगढका शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्ला, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख रमेश प्रधान, नेकपा एमालेका निजगढ नगर अध्यक्ष दिल बहादुर लामा, नेपाल अपाङ्ग सेवा संघ बाराका उपाध्यक्ष धनप्रसाद बजगाई, नेकपा क्रान्तिकारी माओवादीका निजगढ नगर अध्यक्ष रबिराज दंगाल, राप्रपा नेपालका निजगढ नगर अध्यक्ष बासुदेव तिमल्सिना, राष्ट्रिय मधेस समाजवादीका नगर अध्यक्ष मोजहर मंसुर, रेडक्रस उपशाखा निजगढका सचिव बद्रि चिमरिया, क्रान्तिकारी पत्रकार संघ बाराका अध्यक्ष महेश्वर अधिकारी, लगायत सहभागि थिए ।
     आगामी फागुन ३ गते निजगढ नगरपालिका प्रदेश नं. २ कै पहिलो खुला दिसा मुक्त नगरपालिका घोषणा कार्यक्रम गरिन लागेकाले त्यसको प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रम निजगढमै सरसफाई कार्यक्रम राखिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले बताउनुभयो ।

Post a Comment

 
Top