0

निजगढसमाचार, निजगढ

उखुबारीमा घाईते अवस्थामा भेटिएको अजिङगरको बच्चालाई नेपाली सेनाले उद्धार गरेको छ । बाराको गढीमाई नपा–१६ पिलुवामा उखुको खोईला जलाउने क्रममा आगोले जलेर घाईते भएको करिब डेढ मिटर लामो अजिङगरको उद्धार भएको हो ।

अजिङगरलाई घाईते अवस्थामा देखेर स्थानीयले डोकोमा थुनेर राखेका थिए । अजिङगर भेटिएको खबर स्थानीयले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयबाट जानकारी आए पछि पर्सा वन्य जन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुर्गा गुल्म आधाभार अन्र्तगत पसा पोष्टका हवल्दार पद्म बहादुर खुलाल मगर नेतृत्वको टोलीले उद्धार गरेको हो । सेनाले उद्धार गरेको अजिङगरलाई उपचार गरेर आधाभारको जंगलमा पुर्नवास गरिएको अम्लेखगञ्जस्थित दुर्गा गुल्म आधाभारका सेनानी अच्युत घिमिरेले जानकारी दिए ।





Post a Comment

 
Top