0

निजगढसमाचार,निजगढ, २ फागुन
बारा निजगढकी तेक्वान्दो खेलाडी यानकुमारी चौलागाईले भुटानकी खेलाडीलाई पराजित गर्दै विजयी सुरुवात गरेकी छिन् ।  सिलोंगको निग्रिम रंगशालामा आइतबार भएको ४९ किलोमुनिको खेलमा यानकुमारीले भुटानकी पेमा देचेनलाई पराजित गरेकी सिलोङबाट पत्रकार दिवाकर भण्डारीले जनाएका छन् ।जितसँगै यानकुमारी सेमिफाइलनमा प्रवेश गरेकी छिन् ।
  यसैगरी नेपालका अन्य चार खेलाडीको भिडन्त आजै हुनेछ । ५७ किलोमुनि ज्ञानी चुनारा, ५८ किलोमुनि सुनिल पौडेल, ७४ किलोमुनि श्रेष्ठ र ८७ किलोमाथि प्रेम बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् ।
 तेक्वान्दो खेलमा नेपालका १३ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि शनिबार भएको खेलमा रेजिना कार्कीले रजत र रामहरि महतले कास्य पदक जितेका थिए । नेपालका अन्य तीन खेलाडीको प्रतिस्पर्धा सोमबार हुनेछ ।

Post a Comment

 
Top