0
निजगढसमाचार, निजगढ
एकताको नजिक पुगेको भनिएको एकिकृत नेकपा माओवादी र नेकपा (क्रान्तिकारी माओवादी) निजगढ नगर कमिटि जनयुद्ध दिवस भने एकता प्रर्दशन गर्न चुकेका छन् ।
बेनी बहादुर मुक्तान संयोजक रहेको एमाओवादी र रबिराज ढंगाल संयोजक रहेको  नेकपा (क्रान्तिकारी माओवादी) नगर स्तरिय जनयुद्ध दिवसको अवसरमा संयुक्त कार्यक्रम गर्ने तयारी गरे पनि सफल हुन सकेन् ।
एमाओवादी क्षेत्र नं. ६ को आयोजनामा अम्लेखगञ्जमा जनयुद्ध स्मृती सभा तय भए पछि संयुक्त रुपमा नगरस्तरिय कार्यक्रम हुन सकेन् ।
एनेकपा माओवादीले जिल्लाको ६ वटै क्षेत्रमा सभा आयोजना गरेको थियो । 
एमाओवादीले क्षेत्र नं. ४ को परवानीपुर, क्षेत्र नं. ३ को कलैयामा र क्षेत्र नं. ६ को अम्लेखगञ्जमा  जनयुद्ध दिवस सभा गरेको छ । 
नेकपा (क्रान्तिकारी माओवादी)ले क्षेत्र नं. १ को सिम्रौनगढमा, ४ को जीतपुरमा र ६ को सिमरा र लालमा सभा गरेको थियो । 
एमाओवादीले क्षेत्र नं. ६ मा क्षेत्रिय अध्यक्ष धर्म बहादुर श्रेष्ठको अध्यक्षतामा अम्लेखगञ्जमा र  नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा निजगढ–१० लालस्थित जनयुद्ध स्मृति पार्कमा नगर स्तरिय कार्यक्रम भयो । 
एमाओवादीले क्षेत्र नं. ४ मा लाल बहादुर पटेलको अध्यक्षतामा भएको सभामा एमाओवादी सभासद् दिलमाया धामी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य एवं २ नम्बरका सहसंयोजक उमेश कुशवाह, बृजकिशोर कुशवाहा, हिरा मण्डल, बुद्धिजीवि हरी पाण्डे्य, मुस्लीम महिला नेतृ साहादा खातुन लगायतले मन्तब्य ब्यक्त गर्नुभएको छ । 
त्यस्तै एमाओवादी क्षेत्र नं. ६ को आयोजनामा अम्लेखगञ्जमा भएको कार्यक्रममा क्षेत्रिय अध्यक्ष धर्मबहादुर श्रेष्ठको अध्यक्षता रहेको थियो । एमाओवादी बाराका अध्यक्ष एवं पूर्व सभासद् जयराम दाहालको प्रमुख आतिथ्यतामा भएको सभामा स्वागत अम्मेलखगञ्ज गाँउ कमिटि अध्यक्ष कृष्ण ठकुरीको स्वागत र संचालन बेनी प्रसाद तिमल्सिनाको रहेको थियो । सभामा एमाओवादी बाराका संगठन विभाग प्रमुख धुरी साह, बारा क्षेत्र नं. ६ का ईन्चार्ज अमृत शर्मा बजगाई, अखिल नेपाल टे«ड युनियन महासंघ क्रान्तिकारीका २ नं. प्रदेशका संयोजक मिनप्रसाद आपागाई, अखिल नेपाल महिला संघ क्रान्तिकारी २ नं. प्रदेशका संयोजक शिला खनाल, एमाओवादी जिल्ला सदस्य  विक, बहादुर मुक्तान लगायतले मन्तब्य ब्यक्त गर्दै जनयुद्धले नेपाली समाजमा पारेका प्रभावका बारेमा धारणा राखेका थिए । 
यस्तै २१ औं जनयुद्ध दिवसको अवसर पारेर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाराले जिल्ला अस्पताल कलैयामा फलफुल वितरण गरेको छ । विद्यार्थी नेताहरुले अस्पतालमा ३० जना विरामीलाई फलफुल वितरण गरेका हुन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष जलाउदिन मंसुर, अध्यक्षतामा बसेको बैठकमा अखिल क्रान्तिकारीका सचिवालय सदस्य एवं २ नम्बरका सहसंयोजक उमेश कुशवाह, मुकेश साह, बारा क्षेत्र नं. ३ का सह ईन्चार्ज राकेश यादब, दिनेश यादबको विशेष उपस्थिति रहेको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) ले लालमा गरेको कार्यक्रमको अध्यक्षता निजगढ नगर संयोजक रविराज दंगालले गरेका थिए । सभामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 
सभालाई जनयुद्ध घाईते परिवारकी सिता लोप्चन, शहीद पार्कका अध्यक्ष जोशीमाया बल, शहीद पार्कका सचिव हिरा लोप्चन, मजदुर नेता गुणराज चौलागाईले सम्बोधन गरेको कार्यक्रमको संचालन धनप्रसाद बजगाईले गरेका थिए ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) क्षेत्र नं. ६ को आयोजनामा सिमरास्थित थानीमाई सामुदायिक वनमा भएको अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्रिय सेक्रेटरी अर्जुन चिमरियाको अध्यक्षता र भोजपुरा संयोजक एवं पोलिटब्यूरो प्रमुख चन्द्रहरी सुवेदी अटलले प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन रामचन्द्र अधिकारीले गरेका थिए ।
यसैविच ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव राम बहादुर थापा बादलले निजगढमा भोजपुरा स्तरिय केन्द्रिय सल्हाकार तथा सदस्यहरुलाई प्रशिक्षण दिएका छन् ।
निजगढस्थित कुशल ब्यवसाय तथा परामर्श केन्द्रको सभा हलमा प्रशिक्षण दिएका महासचिव बादलले निजगढ नपा–१० लाल स्थित निर्माणाधिन जनयुद्धकालिन शहीद स्मृती पार्क र  पाल्युल साम्तेन्लिङ गुम्बाको समेत निरिक्षण गरेका थिए । 
निजगढ एक दिने बसाई सकेर महासचिव बादल जनयुद्ध दिवस मनाउन बीरगंज पुगेका थिए ।
बीरगंजमा महासचिव बादलले मूलुकमा रहेको शासनात्मक स्वरुप परिवर्तन भई नया शक्तिले शासन सत्ता सम्हाले पनि राष्ट्रवादी चिन्तनभन्दा दलालवादी चिन्तन हाबी भएकाले मूलुकको विकास नभएको बताएका छन् । 
वीरगंजमा शनिबार सम्पन्न २१ औं जनयुद्ध दिवस र नेपालको राजनैतिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव बादलले त्यस्तो धारणा राख्नु भएको हो । बिभिन्न योजना, सपना र विकासका सम्भावना बोकेर नेकपा माओवादीले शसस्त्र आन्दोलन सुरु गरेको सम्झना गर्दै ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव बादलले त्यस बेलाको चिन्तन पूर्ण सफल नभएको केही महत्वपूर्ण उपलब्धी हासिल गरिएको भए पनि जनतामा राष्ट्रवादी चिन्तन जगाउन सफल भए पनि शासन सत्ता सम्हाल्ने नेतृत्ववर्गमा राष्ट्रवादीको खडेरी परेको र तत्कालिन जनयुद्धले केही ऐक्काधिकारलाई चिर्न सफल भए पनि त्रृटीपूर्ण सम्झौताहरु , दलालवादी शासकको मानसिकता र प्रवृति कायम रहेको दाबी गर्नु भयो । 
कम्यूनिष्टरुको न जात, न धर्म, न भूगोल केही नहुने सबै कम्यूनिष्ट मात्र हुने भएकाले जातीय, क्षेत्रिय नभई वर्गीय हितलाई ध्यानमा राखेर मूलुकको विकासका लागि लाग्नु पर्नेमा उहाले जोड दिए ।
वैचारिक चिन्तन विकास गरी अग्रगामी सोच हाबी भएमा हामीले सफलता हासिल गर्ने छौं भने । 
अन्तरक्रिया कार्यक्रममा प्रध्यापक एंव वीरगन्ज पब्लिक कलेजका निर्देशक डा.दीपक शाक्य, प्रध्यापक डा. विश्वम्भर शर्मा, नेकपा क्रान्तिकारी माओवादी पार्टीका सल्लाहकार राम आश्रय राम, दिवाकर, नेकपा क्रान्तिकारी माओवादी पार्टी पर्साका सह सेक्रेटरी बालेश्वर दहैत थारु, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतले आ–आफ्नो विचार राख्नु भएको थियो । 
राम प्रसाद पाण्डेको सहजीकरणमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी पार्टी पर्साका सेक्रेटरी पि.एल. श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top