0

  • आर. के.  ‘अभिवादन’

भ्यालेन्टाईन डे ले कतिलाई जोडेर गयो ।
प्रेमी–प्रेमीका नहुनेको मन फोरेर गयो ।
वर्षौ पिच्छे आउँछ जान्छ त्यी दिवसहरु
दुई आत्माको मिलन चोरेर गयो ।
एक अर्कोको बाटो कुर्ने दिन थिए
विद्यताले झैं भाग्य कोरेर गयो ।
आशै–आशमा कति युवा–युवती पर्खे होलान
सबैको मन मुटु सारेर गयो ।
उही दिनको सपना फेरी देखिरहनेन्
जवानीको तर· जोडेर गयो ।

Post a Comment

 
Top