0
निजगढसमाचार, निजगढ, ६ फागनु
नेपाली कांग्रेस निजगढ नगर समितिको सभापतीमा महेशी कुमर निर्वाचित भएका छन् । गएराती अबेर सार्वजनिक मत परिणाम अनुसार कुमरले एक सय ६७ मत ल्याएका छन् भने उनका प्रत्यासी पसाङग लामाले ६९ मतमा चित्त बुझाए ।
नगर सचिव रोशन लामा र्निविरोध निर्वाचित भएका छन् । नगर समितिको सदस्यमा रामचन्द्र कटुवाल राजु साह, हिरा साही,आशिष तामाङ, सानुकान्छ पाख्रिन, औतार लामा, बुद्धि शाही र्निविरोध निर्वाचित भएका छन् ।अधिवेशनबाट क्षत्रिय प्रतिनिधिमा एक सय ८१ मत ल्याएर विक्रम लामा, र एक सय ७२ मत सहित रामचन्द्र जयसवाल, एक सय ४३ मत सहित विद्यालाल श्रेष्ठ, एक सय २० मत सहित महोमद् आलम निर्वाचित भएका छन् ।   ३ सय ७८ मतदाता रहेकोमा दुई सय ५६ पनि मत खस्यो । निर्वाचनमा सभापतिमा २ मत बदर भएको छ ।

Post a Comment

 
Top