0

  •  दिपक खड्का 

धेरै वर्ष अगाडीको कुरा हो । हेर्दा मोटो, अनुहार चुच्चो परेको अनपढ एउटा भ्यागुता थियो । ऊ खेल्न भनेपछि पछि जमेको फोहोर पानी पोखरीमा उफ्री–उफ्री ट्वार–ट्वार गरि कराउदै खेल्थ्यो ।
खैं उसले रमाएर गित गाएको पो हो कि ! त्यो भ्यागुता त्यसरी खेलेको देखेर त्यस पोखरीको छेउमा एउटा रुखको हा·ाामा बसीरहेको छेपारोले हेरीरहेको     थियो । उसको मनमा अनेकौं कौतुहल जागी रहन्थ्यो । म पनि त्यसरी नै उफ्री–उफ्री कराउदै त्यस्तै पोखरीमा खेल्न पाए कति मज्जा आउथ्यो होला भन्ने सोचाई उसको मनमा जाग्यो र केही नसोची त्यही हा·ाबाट झ्याम्म त्यस पोखरीमा हाम     फाल्यो । ऊ (छेपारो) त्यो भ्यागुता खेले जस्तै, कराए जस्तै गरि खेल्न थाल्यो । उसलाई खुब रमाईलो लागि रहेको थियो । त्यस दिनभरी ऊ रमाई खेली रह्यो । मस्ती गरि     रह्यो । सा“झ  प¥यो, छेपारो घरजान ढिलो भयो भन्दै भ्यागुतालाई सुनाएर घर हिड्न थाल्यो । त्यो चर्तिकला हेरिरहेको भ्यागुता केही बोल्न सकेन् मात्र टाउ“को हल्लाउदै हुन्छ भन्ने संकेत मात्र दियो । त्यसरात छेपारोले त्यो फोहोर पानी पोखरीमा त्यसरी रमाई–रमाई खेलेको कुरा घरका परिवारका सदस्य कसैलाई पनि सुनाएन् । त्यस रात हात पनि नधोई उसले आमाले दिएको खानेकुरा   खायो । अनी सुत्न गयो । ऊ निदाउन खोज्दा निद्रा लाग्दैन् । यता कोल्टे फे¥यो, उता कोल्टे फे¥यो ज्यान जाला उसलाई निद्रा लाग्दैन् । उसको त्यस रात शरिरका हरेक अ· चिलाउन थाल्यो । एता पल्ट्यो कन्यायो, उता पल्ट्यो कन्यायो । जति कनाए पनि चिलाई नै रह्यो । उसको रात त्यसै गरि बित्यो । भोली पल्ट त्यो छेपारोले आफ्नो शरिर एैनामा गई हेर्दा त शरिर भरि रात भरि कनाएको ठा“उमा घाउ नै घाउ मात्र देख्यो ।
ऊ त्यो घाउ देखेर डा“को छोडी रुन थाल्यो, चिच्याउन      थाल्यो । ऊ रोएको देखेर उसका आमा–बुवा, साथी–भाई, छर–छिमेकी सबै आएर सोधे –‘तिमि किन यसरी रुएको भन् ?’ रुनुको कारण के हो ? त्यसरी सबैले एकै स्वरमा सोधे पछि त्यो छेपारोले सबै वितेका घटनाहरु विस्तारमा सुनायो । त्यो कुरा पछाडी बसेको मुसा दाईले पनि सुनिरहेको थिए । र अगाडी आई मुसा दाईले सबैको अगाडी सबै कुरा बुझेर त्यो छेपारोलाई र उसको रुवाई सुनेर आउने सबैलाई सुनाउदै राम्ररी सम्झाउन थाल्यो ।
हेर हामीले रमाईलोको लागि अर्काले गरेको देखासेखी गरेर त्यस्तो कार्य गर्दा त्यसको परिणाम तिम्रो शरिर भरि घाउ आयो । यदि तिमिले त्यो फोहोर पानी पोखरीमा खेलेको कुरा घरमा आई आमा–बुवालाई सुनाएको भए अथवा साबुन पानीले नुहाएको भए आज तिम्रो यस्तो हालत हुदै“न थियो । त्यसैले जे भयो त्यो अब भुलि दिऊ । अरुले गरेको राम्रो कार्य, राम्रोसंग सिक, नराम्रो कामलाई त्यहि रुपमा छोेडिदेऊ । गलत मस्तीले नराम्रो परिणाम निम्त्याउ“छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ । त्यसैले जहिले पनि जे गर्दा पनि साबुन पानीले हात मुख, सकेसम्म सबै शरिर साबुन पानीले धुनु पर्छ ।
सबैले बुझ्नु भयो भन्दै मुसा दाईले सबैलाई सम्झाई–बुझाई गरेपछि प्रण गर्दै उनीहरु आ–आफ्नो घर लागे । त्यो छेपारोले पनि त्यस दिन देखि मुसा दाईले भने जस्तै गर्न थाल्यो ।
आज छेपारो सफा सुग्गर भएर बस्छ, स्कुल सधैं जान्छ,    आउ“छ । शिक्षक शिक्षिकाले दिनु भएको गृह कार्य समयमा नै   सिध्याउ“छ । आमा–बुवाले भनेको काम खुरुक्क मान्छ । भ्यागुताले जस्तो कार्य गर्दैन् । यो कुरा सबै भाईबहिनीहरुले बुझ्नु पर्छ र आफ्नो साथीभाईहरुलाई बुझाउनु पर्छ । त्यो बेलासम्म सबै छिमेकीहरु राम्रो कार्य मात्र गर्ने प्रण गर्दै घर लागिसकेका थिए ।  

Post a Comment

 
Top