0
निजगढसमाचार, निजगढ
बाराको निजगढमा २०७२ फागुन ८ गते शनिवारदेखि शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप २०७२ आयोजना हुने भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्टले उद्घाटन गर्ने भएको छ ।
न्यु जनजागृति युवा क्लब निगगढले बुधबार होटल हाईवेमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । प्रतियोगिताको विजेता टोली ५० हजार नगद र कप तथा मेडल पाउने छ । 
त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् । 
निजगढ–५ स्थित शहीद स्मृती खेल मैदानमा हुने प्रतियोगिता संचालनका लागि कुल लागत  रु. ५ लाख अनुमानित खर्च लाग्ने जनाएको छ ।
प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । 
प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।
प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । 
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप संचालन गरेर फुटवल एकेडेमी संचालन गर्ने  र खेल मैदान निर्माणको आधार तयार गर्ने प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।  

Post a Comment

 
Top