0
निजगढसमाचार, निजगढ,४ फागुन
बाराको निजगढ नगरपालिका–१० लालस्थित नेपाल राष्ट्रिय निम्म माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच विद्यालय ब्यवस्थापन समिति गठन भएको छ । अभिभावकहरुको एक भेलाले कुमार बहादुर मुक्तानको अध्यक्षतमा ४ सदस्यिय ब्यवस्थापन समिति गठन भएको हो ।
    समितिको सदस्यमा मिठ्टु माया विक, सन्तबहादुर बोम्जन, भिमबहादुर जिम्बा रहेका छन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । उद्धभ बहादुर रायमाझिको अध्यक्षतामा ७ सदस्यिय समिति गठन गरेको हो । नवगठित समितिको ठुलो कान्छा घिसिङग, कर्मराज घिसिङग, सिंहधोज घलान, सुर्य कुमार वाईवा लगायत रहेका रहेका छन् । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बाराका प्रतिनिधि बृजकिशोर साह, विद्यालय स्रोत ब्यक्ति श्यामसुन्दर सापकोटा, संयुक्त वडा सचिव भगवती रिमाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top