0
निजगढ युवा क्लब १–० ले पराजित 

निजगढसमाचार, निजगढ, ८ फागनु
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा निजगढ युवा क्लब विरुद्ध आर एफ सी क्लब चितवनले जित निकालेको छ । बाराको निजगढ–५ पुर्वटोल स्थित खेल मैदानमा जारी खेलमा आर एफ सी क्लबको लागि सुनिल श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
 दोस्रो हाफको तेस्रो मिनेटमा चितवनका लिला बहादुर थापाको फ्रिकिकमा सुनिलले हेड मार्फत गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच चितवनका लिला बहादुर थापा भए ।

Post a Comment

 
Top