0
निजगढसमाचार, निजगढ, ६ फागुन
बाराको निजगढ नगरपालिका–१० लालस्थित पल्युल साम्तेनलिङ गुम्बामा संचालनमा रहेको लामा पाठशालाको भवन निर्माणार्थ बुद्ध बचन, काग्युर पाठबचन, प्राणीदान महापुजा आयोजना हुने भएको छ ।
महापुजा मुल आयोजक समितिले आज गुम्बा परिषरमा आयोजित पत्रकार सम्मेलनमा पाठशालाको लागि १० कोठे पक्की भवन निर्माण गर्ने उद्देश्यले फागुन १० देखि २१ गतेसम्म महापुजा गरिन लागेको जाकारी दिईएको छ ।
वन तथा भु–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले उद्घाटन र संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्द प्रसाद पोखरेलले समापन गर्ने कार्यक्रम तय भएको मुल आयोजक समितिका संयोजक कुमार मोक्तानले जानकारी दिए । १२ दिन सम्म संचालन हुने महापुजामा एक सय १६ ठेली पाठ ३० जना लामा भिक्षुहरुले बाचन गर्ने र समापनका दिन खेन्छेन नाम्डोल रिन्पोछेले वाङ प्रदान गर्ने कार्यक्रम छ ।
गुम्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गर्दै बौद्ध समुदायको धर्म, सांस्कृतिक र परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत ७ वर्ष अघि गुम्बा स्थापना भई लामा पाठशाला संचालन भईरहेको छ ।
महापुजामा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो । दान रकम अनुसार दाता सम्मान गरिने भएको छ । दाताहरुलाई दान रकम अनुसार रसिद प्याड, फ्रेम, दोसल्ला, शिलालेखमा नाम, ताम्रपत्रमा नाम, बुद्ध मूर्ती, थाङ्काले सम्मान गरिने आर्थिक समितिका संयोजक रेशन लामाले बताए ।
पत्रकार सम्मेलनमा फागुन १० गते विहान १० बजेदेखि काग्युर रिम्पोछे (पुस्तक) सहित निजगढ–८ देखि टासी छोईफेलिङ गुम्बा,  नगरपरिक्रमा गर्दै पल्युल साम्तेलिन गुम्बासम्म कलश यात्रा निकालिने समेत जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष राम लामा, आर्थिक उपसमितिका संयोजक रेशन लामा, सल्लाकार समितिका रविराज दंगाल, बेनी बहादुर मोक्तान, हिरा लामा लगायतको सहभागिता रहेको संचार संयोजक महेश्वर अधिकारीले जानकारी दिनु भयो ।

Post a Comment

 
Top