0
खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले सोमबार निजगढ नगरपालिकालाई २ नं. प्रदेशको पहिलो खुला दिसा मुक्त नगरपालिका घोषणा गरे । पर्सा देखि सप्तरी सम्मको ८ वटा जिल्ला मिलाएर बनेको यस प्रदेशमा सरसफाई मुख्य चुनौति हो । यहा“का कुनै पनि जिल्ला खुला दिसा मुक्त घोषणा हुन सकेको छैन् ।
बारा जिल्लाको निजगढ नगरपालिका पनि पहिलो खुला दिसा मुक्त नगरपालिका हो । संगै जोडिएको अम्लेखगञ्ज गाविस पनि पहिलो खुला दिसा मुक्त गाविस हो । यसरी हेर्दा जिल्लाका उत्तरी क्षेत्रमा घोषणा सभा भईरहेको छ तर दक्षिणभेगमा अझैं धेरै चुनौति रहेको प्रष्ट बुझ्न सकिन्छ ।
खुला दिसा मुक्त घोषणा भएको निजगढ नगरपालिकामा अझैं केहि घरले संयुक्त शौचालय प्रयोग गरिरहेको कुरा घोषणा सभामा नै कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी अधिकृत विमल कुमार पोखरेलले उल्लेख गरेका थिए । ६ हजार ७ सय २८ परिवार सबैले घरमा शौचालय निर्माण गरेर प्रयोग थालेकाले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको उल्लेख गरेका थिए । हरेक वडाका केहि केहि घरमा अझैं शौचालय बन्न सकेको छैन् ।
त्यस्तै कार्यक्रममा मन्तब्य ब्यक्त गर्ने अधिकांशले घोषणा हुन गर्भको विषय भएको उल्लेख गर्दै चुनौति समेत थपिएको टिप्पणी गरेका थिए ।
अहिले अभियान संचालन भईरहदा सहुलियत पाउने गरेको भए पनि अभियान सम्पन्न भईसकेपछि निम्न आय भएका नगरवासीले अब शौचालय बनाउन त्यस्तो सुविधाबाट बञ्चित हुनु पर्ने त होईन् भन्ने आशंका पनि उत्पन्न गराएको छ ।
त्यसैले घोषणालाई चुनौतिका रुपमा स्वीकार गर्दै नगरपालिका कार्यालय, स्थानीय राजनीतिक दलका नेताहरुले अब कति घरमा शौचालय बनाउन बाकि“ हो ? के कारणले कठिनाई भएको सबै कुरालाई बुझेर एक घर एक शौचालय अभियान निरन्तर संचालन गर्ने र सार्वजनिक स्थलमा सार्वजनिक शौचालय बनाउने तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

Post a Comment

 
Top