0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका २ नं. प्रदेशको पहिलो खुला दिसा मुक्त नगरपालिका घोषणा भएको छ ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले घोषणा कार्यक्रमका विच घोषणा गरेका हुन् । घोषणा कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री सिंहले स्वच्छ खानेपानी र सरसफाई नेपाली नागरिकको मौलिक अधिकार भएको बताउनु भएको छ । जनताको मौलिक अधिकारलाई कायान्वयन गराउन सरकारले खानेपानी तथा सरसफाई मन्त्रालय स्थापना गरिएको बताए ।
सरसफाई र खानेपानीलाई अन्य मन्त्रालयको महाशाखाको रुपमा रहेको भन्दै मन्त्री सिंहले अब मन्त्रालय मार्फत प्राथमिकता दिने सरकारको नीति रहेको छ ।
‘पहिलो खाने पानी र सरफाई कार्यक्रम थन्किएका  हुन्थ्ये, अब यसले उच्च प्राथमिकता पाउ“छ ।’, मन्त्री सिंहले भने–अब मन्त्रालयमार्फत 
‘संविधान जारी भएपछि अधिकार प्राप्तिको लडाइ“ गर्नु पर्ने अवस्था छैन, मन्त्री सिंहले भने, अब सबै मिलेर विकास , सरसफाइ र जनताको संवृद्धिको लागि काम गर्नु पर्छ ।’ मन्त्री सिहले मन्त्रालयले अबको दुइ बर्ष भित्र नेपाललाइ खुल्ला दिसा मुक्त क्षेत्र बनाउ“ने अभियानमा संचालन गरिरहेको पनि जानकारी दिए ।  
घोषणा सभामा निजगढ नगरका कार्यकारी अधिकृत विमलकुमार पोखरेलले नगरका ६ हजार ७ सय २८ परिवार सबैले घरमा शौचालय निर्माण गरेर प्रयोग थालेकाले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको बतषए । उनले खुल्ला दिसा मुक्त पर्ने अभियान शुरु भएयता नपाका विभिन्न वडामा दुई हजार ७ सय १० घरले नया“ शौचालय निर्माण गरेर प्रयोग थालेको पनि जानकारी दिए । 
नगरपालिका , जिल्ला विकास समिति , खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लगायत विभिन्न निकायको समन्वयमा काम अघि बढेकाले अभियान सफल बनेको पोखरेलले सुनाए । उनले अभियानको क्रममा विद्यालय , सार्वजनिक स्थान र हाटबजार क्षेत्रमा समेत शौचालय निर्माण गरिएको र कार्यालयले नपामा चाँढै नैं घुम्ति शौचालय संचालनमा ल्याउँने तयारी गरेको पनि सजानकारी दिए । 
मध्य र पुर्वी तराईका ८ जिल्ला रहेको प्रदेश नं.२ को बिरगंज, जनकपुर, लहान जस्ता पुराना र विकसित नगरलाइ पछि पार्दै तीन बर्ष अघि निजगढ, भरतगंजसिगौल र लालरतनपुरी गविसलाइ समेटेर गठन भएको निजगढ नगरपालिका प्रदेशको पहिलो खुल्ला दिसा मुक्त क्षेत्र बनेको हो । 
‘खुल्ला दिसा मुक्त नगरबासीको लागि गौरवको विषय हो, पूर्व युवा तथा खेलकुद मन्त्री एवंम् बारा क्षेत्र नं.६ का सांसद पुरुषोत्तम पौडेलले भने–‘प्रदेशका अन्य नगर र गाउ“ले पनि निजगढबाट सिकेर खुल्ला दिसा मुक्त क्षेत्र बनाउ“नु पर्छ ।’ उनले तराईमा सररफाइ सबै भन्दा ठुलो चुनौतिको रुपमा रहेकोले सरकारले पनि यस क्षेत्रमा प्राथमिकताका साथ काम गर्नु पर्ने बताए । 
खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय जिल्ला समितिले डेढ बर्ष अघि १ बर्ष भित्र जिल्लालाइ खुल्ला दिसा मुक्त पार्ने निर्णय गरेपछि निजगढमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा अभियान शुरु भएको थियो । अभियानमा एन्फो नेपाल र जिल्ला रेडक्रस सोसाइटीले नपालाइ सह्योग उपलव्ध गराउँदै आएका थिए । 
सभामा सांसद मधु शाही, युएन ह्वाविटेट दक्षिण एशिया प्राविधिक सल्लाहाकार भुषण तुलाधर , स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डे लगायतले खुल्ला दिसा मुक्त क्षेत्र बनेकोमा निजगढ नगरपालिकालाइ बधाइ तथा धन्यवाद दिएका थिए । 
सोहि कार्यक्रममा सांसद पुरुषोत्तम पौडेलको संसदिय बिकास
कोष र बैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्र मार्फत एक्टिभ नेपालले पन्ध्र वटा बिभिन्न मठ मंन्दिर, गुम्बा, मस्जिदको लागि सोलार हस्तान्त्रण गरेको छ । बारा, रौतहट, मकवानपुर लगायतको बिभिन्न जिल्लामा रहेको बिभिन्न पन्ध्र वटा मठ मंन्दिर, गुम्बा, मस्जिदका प्रतिनिधीहरुलाइ सोलार सांसद पौडेल मार्फत कार्यक्रममा हस्तान्त्रण गरिएको एक्टिभ नेपालका दिलिप बरालले जानकारी दिएका छन् ।

Post a Comment

 
Top