0
निजगढसमाचार, निजगढ
१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा स्वर्ण जित्ने आशा गरिएकी बारा निजगढकी यानकुमारी चौलागाईंले रजत पदक मात्रै हात परेकी छिन् ।
भारतको सिलोङमा भएको फाइनल भिडन्तका पराजित भए पछि निजगढसमाचारसंग फेसबुकमा कुरा गर्दै स्वर्ण जित्न नसकेको भन्दै माफि मागेकी छिन् । ‘आई एम सरी गोल्ड जित्न सकिन’, च्याटमा यानकुमारीले भनिन् –आई एम सरी गोल्ड जित्न सकिन, सेकेण्ड  चाहीँ ल्याएँ ।’
यानकुमारीलाई ४९ किलो तौल समूहमा भारतकी खेलाडीले पराजित गरिन् । उनी भारतीय खेलाडीसँग १२–४ को फराकिलो अन्तरले पराजित भइन् । ‘मैले मरेर खेलेको थिए“,’ उनले भनिन्–ढा“डमा चोट थियो ।
प्रतियोगिता अघि हामीसंग कुरा गर्दै उनले स्वर्ण जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । रजत पदक विजेता उनलाई निजगढका विभिन्न ब्यक्तिले सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।

Post a Comment

 
Top