0

  • रविराज दंगाल

भनिन्छ –स्वाथ्य नै धन हो । मानविय जीवनमा अति आवश्यक पर्ने आधारभुत विषय स्वाथ्य सेवा हो । राष्ट्रको हरेक क्षेत्रलाई सहि र प्रभावकारी बनाउन स्वस्थ मानिसहरुको आवश्यक हुन्छ ।
प्रसंग निजगढको सरकारी अस्पताल–निजगढ प्राथमिक स्वाथ्य केन्द्रको हो । निजगढ नगरपालिका वडा नं. ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लामो समयदेखि हेला गरिएको छ । यसको विकासको लागि कसैले ध्यान पु¥याउनु त परको कुरा हो, भएका संरचनाको समेत उचित ब्यवस्थापन हुन सकेको छैन् ।
केन्द्र अहिले एकदमै अवस्थित छ । यसको संचालन समिति बर्षौदेखि निष्कृय छ । नगरपालिका घोषणा भए पछि नगर प्रमुखले नेतृत्व गर्नुपर्ने समिति अझैं बन्न सकेको छैन् । विधानत : समितिको सदस्य सचिव कार्यरत डाक्टर हुने ब्यवस्था छ ।
राज्यको तलब खाईरहेका दुई जना एमविविएस डाक्टर यहा“ कार्यरत छन् । १५ शैय्याको बेड सुविधा र राज्यबाट निःशुल्क औषधि उपलब्ध गराईएको भए पनि उचित ब्यवस्थापन नहुदा निजगढवासीको भने सेवा लिन त्यहा पुग्ने जाँगर चलेको छैन् । सरकारी अस्पतालमा सेवा लिन विरामीको चासो देखिएको     छैन् । नगरपालिका कार्यालयको पहलमा गत वर्षदेखि सर्पदंशको उपचार सेवा समेत प्रदान गरिदै आएको अस्पतालमा समितिको अभावले गर्दा सेवा प्रभावकारी हुन सकेको छैन् ।
करिब ४० हजार जनसंख्या रहेको निजगढ नगरपालिकामा ३५ प्रतिशत नागरिक आर्थिक रुपमा विपन्न छन् । आर्थिक रुपमा कमजोर नगरवासीको पहु“चमा हुनु पर्ने यो अस्पताल आफै ब्यवस्थापनको अभावमा रुमलिदा सेवाग्राही अन्यत्र भौतारिनु पर्ने अवस्था छ ।
सरकारी सेवा सुविधा छाडेर निजि स्वाथ्य क्लिनीकमा धाउनु पक्कै पनि रहर हैन होला ! राज्यले हरेक नगरपालिकालाई एक जना एमविविएस डाक्टर सहित निःशुल्क रुपमा प्रदान गरेको औषधि नगरवासीले निजि क्लिीनबाट चर्को मूल्यमा सेवन गर्न बाध्य हुदा समेत सरोकारवाला निकाय के हेरेर बसको छ ?
नगरपालिका भईसके पछि यस प्राथमिक स्वाथ्य केन्द्रमा संचालनक समिति निर्माणको लागि नगर अधिकृतले पहल गरेको थाहा“ छैन् । नगर अधिकृत आफै प्रमुख हुने समितिमा अन्य सदस्यहरु भने स्थानियहरु नै हुने ब्यवस्था छ । त्यसो त गाविस हुदा“ पनि गाविस सचिव त्यसको प्रमुख थिए । समितिमा यहा“का राजनीतिक दलका प्रतिनिधिहरु सदस्य थिए । अस्पताल समिति लामो राजनीतिक संक्रमणकालको शिकार बन्यो । समितिका सदस्यहरुको भुमिका गौण हुने भएकाले पनि यो केन्द्रको समिति निर्माणमा यहा“का दलहरुको चासो नगएको हुनसक्छ वा दलका नेताहरु निजी तथा सामुदायिक स्तरबाट संचालित स्वास्थ्य संस्थालाई प्रोत्साहन गर्न चाहान्छन् ।
यहा“ वार्षिक २० लाख भन्दा बढीको औषधि आउ“छ । सेवाग्राही सेवा लिन जा“दैनन् । ती औषधि कहा“ जान्छ ? अब खोज्न जरुरी छ । धेरैको आशंका छ कि त्यहा“ कार्यरत केहि पुराना हर्ताकर्ताहरुले बाहिर बेच्छन् । यदी यस्तो हो भने के हामी राजनीति गर्नेहरु चुप बसिरहन    मिल्छ ?
अस्पताल भौतिक रुपमा ब्यवस्थित छ तर ब्यवस्थापनमा कमजोरी हुदा“ निःशुल्क सेवा लिन विरामी आउ“न सकेका छैनन् । यहा“को सेवा सुविधाको बारेमा नगरवासीलाई भ्रममा राखिएको छ । अहेब र अनमिको भरमा संचालन भएका क्लिनिकमा विरामी पुग्ने र विशेषज्ञ डाक्टर र निःशुल्क सेवा दिने अस्पतालमा विरामी किन       जा“दैनन् ? यसमा पक्कै केहि न केहि भ्रम फैलाएकै हुनुपर्छ । अब हामीले ब्यवस्थित समिति निर्माण गरेर नगरवासीले पाउनु पर्ने निःशुल्क सेवा सुविधा प्रदान गर्न र सरकारी अस्पताल प्रति देखिएको वितिष्र्णा चिर्न नेतृत्व लिनु पर्छ ।
अस्पतालमा निर्माण भएको निःशुल्क प्रसुति सेवा केन्द्रको पक्की भवन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन् । प्रसुति संचालन सहित २५ शैय्याको लागि राज्यबाट वार्षिक रुपमा १९ लाख बजेट विनियोजन हुने र काम नभए पछि फ्रिज हुने क्रम चलिरहेको छ । समिति निर्माण हुन नसक्दा यसले पूर्णता पाउन नसकेको त्यहा“ कार्यरत चिकित्सकहरु बताउ“छन् ।
त्यसो त प्रसुति सेवा संचालन गर्न केही राजनीतिक दलका नेताहरुले नै रुचि देखाएका छैन् । उनीहरुकै लगानीमा सामुदायिक प्रसुति गृह संचालनमा रहेको कारण सरकारी अस्पतालमा यो सेवा संचालन नहोस् भन्ने चाहाना छ भन्ने प्रष्ट बुझ्न सकिन्छ ।
त्यसो त त्यहा“ कार्यरत पुराना कर्मचारीको पनि धेरै लापरवार्ही देखिन्छ । नया“ डाक्टरहरुलाई टिक्न नदिनेर आफ्नो मनोमानी गर्न पल्केका केहि पुराना कर्मचारीहरु अस्पतालमा भन्दा पनि निजि क्लिनीकमा बढी देखिन्छन् ।
यो सबै समस्याको मुख्य जड भनेको अभिभावक विहीनताको अवस्था हो । अभिभाकत्व बहन गर्नु पर्ने निजगढ नगरपालिका यस्तो गम्भिर विषयमा कुनै चासो राख्नै चाहादैन् । उ जनताको आधारभुत र महत्वपूर्ण समस्या भन्दा सभा समारोह, लोकप्रिय नारामा रम्दैमा फुर्सद छैन् । पहल लिनु पर्ने नगरपालिकाका कार्यकारी अधिकृतहरु निजगढमा चार जना फेरिदा समेत त्यसमा कुनै अधिकृतको चासो गएको छैन् ।
अस्पताल ओझेलमा पर्नुमा प्रचारप्रसार नहुनु पनि एक हो । अस्पताल अपाएक ठा“उमा छ भनेर प्रचार गर्नेहरुलाई म प्रश्न गर्न चाहान्छु के वीरगंजको भेडियारी गा“उमा रहेको नेशनल मेडिकल कलेज पाएकमा   छ ? पक्कै पनि बीरगंजका अन्य अस्पताल भन्दा फरक ठा“उमा रहेको अस्पालमा विरामीको घु“ईचो हुने तर राजमार्गबाट २ सय मिटर भित्र रहेको अस्पताल कसरी अपाएका हुन    सक्छ ? यहा“ प्रश्न पाएक वा अपाएको भन्दा पनि सरकारी सेवाबाट जनतालाई बञ्चित गर्ने र निजि तथा सामुदायिक अस्पताललाई प्रोत्साहन गर्ने षड्यन्त्र भईरहेको छ ।
   यहा“ आफुलाई राजनीतिको केन्द्र भन्ने साथीहरुले आफ्नो निहित स्वार्थको लागि यो संस्थालाई धरासायि बनाउन खोज्नु जनता प्रतिको घात हो ।
कृपया म अनुरोध गर्न चाहान्छु कि स्वास्थ्य जस्तो क्षेत्रमा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवाको बारेमा सोचौं ।
लेखक नेकपा (क्रान्तिकारी माओवादी) नगर संयोजक हुन् । 
यो उनको निजि विचार हो ।

Post a Comment

 
Top