Latest News

0
निजगढसमाचार, निजगढ, ९ फागुन 
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले आयोजक न्यु जन जागृति युवा क्लब र चपुर ११ विच खेल सुरु हुदैँछ । बाराको निजगढ–५ पुर्वटोल स्थित खेल मैदानमा केहि बेरमा सुरु हुने खेलमा चपुर राजु लामाको कप्तानीमा मैदान उत्रिदै छ भने आयोजक युवराज लामाको कप्तानीमा हुनेछ ।
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप नारासहित संचालन भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद र कप तथा मेडल पाउने छ । त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् ।
प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।

Post a Comment

 
Top