0
निजगढसमाचार, निजगढ
शहीद हिरालाल स्मृती तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत आज अन्तिम क्वाटर फाईनल खेल हुदैँछ ।
बीरगंज युथ एकेडेमी र हेटौडा ११ विच रोमाञ्चक खेल हुने आयोजकको अनुमान छ ।
यसैविच सोमबार भएको खेलमा खेलमा एबीसी क्लब काठमाण्डौं विरुद्ध बारा युथ एकेडेमीको फराकिलो जित निकालेको छ । एबीसी क्लब काठमाण्डौं विरुद्ध ५–० गोलको फराकिलो अन्र्तरले पाखा लगाएको हो ।
बाराको निजगढ–५ पुर्वटोल स्थित खेल मैदानमा जारी खेलमा एबीसी विरुद्ध टिमलाई २६ र ६७ औं मिनेटमा अक्षय कुमर, ४६ र ५४ औं मिनेटमा अध्यापक कुमरले, र ७१ औं मिनेटमा चन्दन चौधरीले गोल गरेका थिए ।
जितसंगै बारा युथ एकेडेमी सेमिफाईल प्रवेश गरेको छ । यस अघि नै आजको खेलको म्यान अफ द म्याच चन्दन चौधरी घोषित भए । उनलाई आयोजक न्युन जनजागृती क्लबका संस्थापक सल्हाकार तेजप्रसाद गौतमले कप वितरण गरेका थिए ।
यस अघि नै आर एफ सी क्लब चितवन र चपुर ११ सेमिफाईन प्रवेश गरेको छ । उद्घाटन खेल जित्दै चितवनले विजयी सुरुवात गरेको थियो । आर एफ सी क्लबको लागि सुनिल श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
त्यस्तै आयोजक न्यु जनजागृती युवा क्लब विरुद्ध २–४ को गोल अन्र्तरले जित निकाल्दै चपुर ११ ले सेमिफाईनल यात्रा तय गरेको थियो । 
 चपुर ११ को जित दिलाएका कप्तान राजु लामा खेलमा म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका संस्थापक सदस्य उद्धब प्रसाद चौलागाईले कप हस्तान्तरण गरेका छन् ।दोस्रो हाफको तेस्रो मिनेटमा चितवनका लिला बहादुर थापाको फ्रिकिकमा सुनिलले हेड मार्फत गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच चितवनका लिला बहादुर थापा भए ।
यस अघि प्रतियोगिताको बाराका स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डेले उद्घाटन गरेका थिए । शहीद हिरालाल गौतमको फोटोमा माल्र्यापण गरेर पाण्डेले उद्घाटन गरेका हुन् । न्यु जनजागृति युवा क्लब निगगढले आयोजना गरेको प्रतियोगिताको यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्टले उद्घाटन गर्ने तयारी थियो । उद्घाटन कार्यक्रमको क्लबका अध्यक्ष थानेश्वर  सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शहीद हिरालाल गौतमकी पत्नी गायत्रि गौतम, जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिल बहादुर लामा, निजगढ नगरपालिकाका प्रशासन शाखा प्रमुख नविन खनाल, निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका चौलागाई, राष्ट्रिय तेक्वान्दो महासंघका महसचिब हिरा बहादुर थापा विशिष्ठ अतिथि थिए ।
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप नारासहित संचालन भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद र कप तथा मेडल पाउने छ । त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् । प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।
प्रतियोगितको निजगढ समाचार, निजगढ डट कम, रेडियो सिमरा र निजगढ नेट केवल मिडिया पार्टनर हुन् ।


Post a Comment

 
Top