0
निजगढसमाचार, निजगढ, ११ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा बीरगंज युथ एकेडेमी विजयी भएको छ । निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा भएको खेलमा हेटौडा ११ विरुद्ध २–१ गोलको बिजयी भएको हो ।
बीरगंजका लागि खेलको चौथो मिनेटमा गोल गर्दै शिसस थापाले खाता खालेका थिए । खेलको ४८ औं मिनेटमा हेटौंडा ११ का लागि आशिष लामाले गोल गर्दै टिमलाई बराबरीमा पु¥याएका थिए । खेलको उत्तार्धमा ८३ औं मिनेटमा बीरगंजका लागि चर्तुधन चौधरीले गोल गर्दै जीत सुनिश्चित पारेका छन् । खेलको म्यान अफ द म्यात चौधरी घोषित भए । उनलाई आयोजक न्युन जनजागृती क्लबका संस्थापक उपाध्यक्ष सुर्य बहादुर थापाले कप वितरण गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलीबाट पहिलो सेमिफाईनल खेल हुदै“छ । भोली बारा युथ क्लब र आरएफसी चितवन विच खेल हुने आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिनु भयो ।

Post a Comment

 
Top